पार्टीले तेस्रो जनआन्दोलनको तयारी थालेको छ : कमल थापा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले तेस्रो जनआन्दोलनको तयारी थालेको बताएका छन् । पार्टीले काठमाडौंमा आज गरेको विरोधसभामा अध्यक्ष थापाले आफूहरुको आन्दोलन कसैलाई विस्थापित गर्नका लागि नभएको बताएका हुन् ।

 

उनले लोकतन्त्रको आवरणमा केही सीमित राजनीतिक दलले नेपालमा सिण्डकेट तन्त्र कायम गरिरहेको तर्क गरे । अध्यक्ष थापाले देशको राष्ट्रिय अस्तित्व, स्वतन्त्रता र सार्वभौम सत्ता नै जोखिममा पर्नसक्ने खतरा रहेको दाबी गरे ।

अध्यक्ष थापाले सनातन धर्मको रक्षाका निमित्त उभिएका युवालाई अवाञ्छित किसिमबाट मुद्दा लगाएर कारबाही गर्ने प्रयास गरे चुप लागेर नबस्न बताए । उनले नेपालका बहुसंख्यक हिन्दु बौद्धमार्गी र किराँतीलाई कमजोर बनाउने काम नगर्न चेतावनी दिए ।

अध्यक्ष थापाले भोट र नोटका लागि साम्प्रदायिक सद्भाव नबिथोल्न ठूला पार्टीलाई आग्रह गरे।

 

पदमुक्त भएसँगै राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री दाहाल

काठमाडौ । पदमुक्त भएसँगै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् ।  ...

प्रचण्डले पाएनन् विश्वासको मत, डेढ वर्षपछि प्रधानमन्त्रीबाट पदमुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । पाँचौं पटक विश्वासको मत लिने क्रममा संसद्को विश्वास जित्न...

विश्वासको मतमा राष्ट्रिय जनमोर्चा तटस्थ

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ ।   आज प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय...

‘नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनु पर्छ’

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनुपर्ने बताएका छन् ।...

प्रचण्डले भने : संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समिकरण परिवर्तन सामान्य अवस्थामा नभएको बताउनुभएको छ । प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश...

बेचन झा र प्रतिक थापालाई पक्राउ गर्दा सरकार ढल्यो : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताएका...

.