मीड सोलु हाइड्रोपावरको आइपिओ निष्कासन, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । मीड सोलु हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ । कम्पनीले आज शुक्रबार भदौ २९ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता आइपीओ निष्कासन गरेको हो ।

 

तर सर्वसाधारणलाई छुट्याइएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीलाई ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ । यस्तै, कम्पनीका कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयरमा सर्वसाधारणले असोज २ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ ।

सबै सेयर बिक्री नभएमा भने असोज १२ गतेसम्म खुला रहने भएको हो । १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत आवेदन दिन सकिनेछ ।

प्रधानमन्त्री प्रचण्ड पदमुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै...

विश्वासको मतमा राष्ट्रिय जनमोर्चा तटस्थ

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ ।   आज प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय...

‘नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनु पर्छ’

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनुपर्ने बताएका छन् ।...

प्रचण्डले भने : संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समिकरण परिवर्तन सामान्य अवस्थामा नभएको बताउनुभएको छ । प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश...

बेचन झा र प्रतिक थापालाई पक्राउ गर्दा सरकार ढल्यो : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताएका...

जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न सांसद् भट्टराईकाे चेतावनी

काठमाडाैं । नेकपा एमालेका सांसद् योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्...

.