बिरामीको विषयलाई लिएर हेटौंडामा दुई डाक्टरमाथि कुटपिट

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । बिरामीको विषयलाई लिएर हेटौंडामा दुई  डाक्टरमाथि कुटपिट भएको छ । हिजाे  हेटौंडा उपमहानगरपालिका-१ स्थित सञ्चो हस्पिटलका कार्यरत चिकित्सकमाथि कुटपिट भएको हो ।

 

एक महिनाअघि अस्पतालमा डेङ्गु परीक्षण गर्दा पुष्टि भएका हेटौंडा १२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै पदमपोखरीको एक समूहले हस्पिटलमा कार्यरत चिकित्सक डा. प्रशान्त बिडारी र डा.विकास थापामाथि कुटपिट गरेकाे मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य सेढाइले  बताएका हुन् ।

 

हस्पिटलका अनुसार डेङ्गु पुष्टि भएका प्रधान आराम गर्ने भनेर घर गएका थिए भने केही दिनमै फेरि अस्पतालमा भर्ना भएका थिए । दोस्रो पटक डेङ्गु देखिएका प्रधानलाई भरतपुरमा उपचारका लागि लगेको एक दिनपछि मृत्यु भएको थियो ।

 

डाक्टरमाथि कुटपिट  गर्नेलाई प्रहरीले अझै पक्राउ गरेको छैन । प्रमुख जिल्ला अधिकारी सेढाइले कुटाइमा परेका डाक्टरहरुलाई प्रहरीमा जाहेरी दिन भने पनि जाहेरी नपरेको कारण पक्राउ नगरिएको बताए ।

 

प्रचण्डले पाएनन् विश्वासको मत, १९ महिनापछि प्रधानमन्त्रीबाट पदमुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । पाँचौं पटक विश्वासको मत लिने क्रममा संसद्को विश्वास जित्न...

विश्वासको मतमा राष्ट्रिय जनमोर्चा तटस्थ

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ ।   आज प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय...

‘नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनु पर्छ’

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनुपर्ने बताएका छन् ।...

प्रचण्डले भने : संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समिकरण परिवर्तन सामान्य अवस्थामा नभएको बताउनुभएको छ । प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश...

बेचन झा र प्रतिक थापालाई पक्राउ गर्दा सरकार ढल्यो : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताएका...

जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न सांसद् भट्टराईकाे चेतावनी

काठमाडाैं । नेकपा एमालेका सांसद् योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्...

.