आज कुसे औंसी, बुबाको सम्मानमा मुख हेर्ने दिन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । देशभरका हिन्दू धर्माबलम्बीहरुले बिहीबार आज कुशेऔसी अर्थात बुबाको मुख हेर्ने दिनका रुपमा मनाइरहेका छन् । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाउने गरीन्छ ।

 

सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्‍याउने गर्छन् । कुशे औशीमा राखिएको कुश वर्षभरि विधि गर्न हुने, अरु औशीका दिन राखिए एक महिनासम्म र अरु समयमा ल्याएको कुश एक दिनमात्र प्रयोग गर्न सकिने धार्मिक मान्यता छ ।

 

कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् । कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२औंसीमध्ये आजको औंसीलाई कुसेऔंसी भन्ने गरिएको हो । कुशे औशीका दिन बुबाको मुख पनि हेरिन्छ । आजको दिन छोराछोरीहरुले आफ्ना बाबुलाई मिष्ठान्न भोजन र उपहार दिएर सम्मान गर्ने गर्छन् ।

 

त्यसपछि बुबाबाट छोराछोरीले आशिर्वाद ग्रहण गर्ने परम्परा छ । यस दिन बुवाको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । आफ्ना पुरोहित वा कुनै ब्राह्मणलाई दिवंगत बुबाको नाममा सिदा दान गर्दछन् । मानिसले जन्म लिएपछि पितृ ऋण, ऋषिऋण र देवऋणबाट मुक्त हुनुपर्दछ भन्ने शास्त्रीय मान्यता छ ।

 

आजका दिन काठमाडौंको गोकर्णस्थित बागमतीको किनारमा रहेको गोकर्णेश्वर महादेवको मन्दिरमा गई आ आफ्ना दिवंगत बुबाको नाममा पितृ तर्पण गर्ने चलन छ। बिहीबार बिहानैदेखि त्यहाँ श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ ।

प्रचण्डले भने : संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समिकरण परिवर्तन सामान्य अवस्थामा नभएको बताउनुभएको छ । प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश...

बेचन झा र प्रतिक थापालाई पक्राउ गर्दा सरकार ढल्यो : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताएका...

जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न सांसद् भट्टराईकाे चेतावनी

काठमाडाैं । नेकपा एमालेका सांसद् योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्...

दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न परेन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्ला दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न नपरेको बताएका छन् ।  ...

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड...

प्रतिपक्षमा बस्न योग्यलाई बेकारमा प्रधानमन्त्री बनाइएछ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रति कटाक्ष गर्दै जबरजस्त प्रतिपक्षी दलको नेता हुन...

.