आजबाट पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सरकारले पाठेघर मुखको ह्युमन प्यापिलोमा भाइरसविरुद्धको एचपीभी खोप लगाउन सुरु गरेको छ । परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार बुधबार आजबाट १४ वर्ष पुगि १५ वर्ष ननाघेका साढे नौ हजार किशोरीलाई लक्षित गरी एचपीभी खोप डेमोस्ट्रेसनका रुपमा सञ्चालन गर्न लागेको हो ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिएर कार्यक्रम सुरु गर्ने जनाएको छ । खोप लगाउन उमेर खुलाउने आधिकारिक प्रमाण पत्र वा वा जन्म मिति खुलाउने अन्य कागजात र दोस्रो मात्राको हकमा खोप कार्ड पहिलो मात्रा लगाउदा प्राप्त हुने कार्ड लैजान पर्ने छ ।

 

सरकारले राष्ट्रिय खोप कार्यक्रम एचपीभी खोपको सातै प्रदेशबाट डेमोस्ट्रेसनका रुपमा सञ्चालन गरेको हो । खोप उपलब्धका आधारमा कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल प्रादेशिक अस्पताल सुर्खेत, डडेल्धुरा अस्पतालमा खोप कार्यक्रम सञ्चालन गर्दै छ ।

त्रिवि शिक्षण अस्पतालमा पाँचौँपटक कलेजोको सफल प्रत्यारोपण

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी चिकित्सक बिनानै त्यहीँको चिकित्सकको टिमले पाँचौँपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ...

‘योगलाई कुनै धर्म र जातमा सीमित गर्नु हुँदैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्न नहुने बताएका छन् ।...

जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी

काठमाडौं । जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी भएका छन् ।   आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्क...

७१ जिल्लामा फैलियो डेङ्गु

काठमाडाैं ।  डेङ्गु रोगको सङ्क्रमण ७१ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण बढ्न...

सरकारले असार ७ गते विश्व योग दिवस मनाउने

काठमाडौं । सरकारले असार ७ गते विश्व योग दिवस मनाउने भएको छ ।   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

६९ जिल्लामा देखियो डेंगी संक्रमण

काठमाडाैं । सन् २०२४ को सुरूदेखि जुन पहिलो सातासम्म देशभरका ६९ जिल्लामा डेंगी संक्रमण देखिएको छ ।   इपिडिमियोलोजी...

.