मोरक्को भूकम्प अपडेट : मृत्यु हुनेको संख्या २५ सय पुग्यो

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । गत शुक्रबार मोरक्कोमा आएको शक्तिशाली भूकम्पका कारण करिब २ हजार ५ सयको मृत्यु भएको छ । अमेरिकन जिओलोजिकल सर्भेका अनुसार मोरक्कोको माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेनलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति ६.८ म्याग्निच्युडको भूकम्प आएको हो ।

 

भूकम्पमा घाइतेहरूको संख्या २ हजार ४ सय ७६ पुगेको मोरक्कोको आन्तरिक मन्त्रालयले जनाएको छ  । बीबीसीका अनुसार धेरै व्यक्ति भूकम्पले बनाएको खण्डहरूमा बसिरहेको र राहत पर्खिरहेका छन् । हालसम्म मोरक्कोले बेलायत, स्पेन, कतार र यूएईको सहयोग मात्र स्विकारेको छ । मोरक्कोका आन्तरिक मामिला मन्त्रालयका अनुसार भूकम्पको धक्काबाट थुप्रै भवन तथा भौतिक संरचना भत्किएका छन् ।

 

कतिपय भत्किएका भवनमा मानिसहरू पुरिएर रहेको हुन सक्ने आकलन गरिएको छ । मोरक्कोमा यसअघि पनि विभिन्न समयमा शक्तिशाली भूकम्पले ठूलो क्षति पुर्‍याएका थिए । २००४ मा शक्तिशाली भूकम्प जाँदा ६ सय २८ जनाको मृत्यु भएको थियो । त्यस्तै १९६० को शक्तिशाली भूकम्पमा १२ हजारको ज्यान गएको थियो ।

नयाँ सरकार गठनका लागि कांग्रेस र एमालेबीच छलफल

काठमाडौं। नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेका नेताले छलफल थालेका छन् ।   नयाँ बानेश्वरस्थित संसद...

पदमुक्त भएसँगै राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री दाहाल

काठमाडौ । पदमुक्त भएसँगै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् ।  ...

प्रचण्डले पाएनन् विश्वासको मत, डेढ वर्षपछि प्रधानमन्त्रीबाट पदमुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । पाँचौं पटक विश्वासको मत लिने क्रममा संसद्को विश्वास जित्न...

विश्वासको मतमा राष्ट्रिय जनमोर्चा तटस्थ

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ ।   आज प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय...

‘नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनु पर्छ’

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनुपर्ने बताएका छन् ।...

प्रचण्डले भने : संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समिकरण परिवर्तन सामान्य अवस्थामा नभएको बताउनुभएको छ । प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश...

.