खाडी मुलुकमा कृषि उत्पादनको माग बढ्दो, निर्यातका लागि सहजीकरण गर्न व्यवसायीको माग

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं ।  व्यापार घटा वर्षेनी बढीरहेको छ । सरकारले सुक्ष्म विषयमा ध्यान नदिँदा नेपालको वार्षिक व्यापार घाटाले बढ्दो छ । तर, खाडीमा नेपाली कृषि उत्पादनको माग बढ्दो अवस्थामा हुँदा पनि राज्यको पहल खासै देखिँदैन । पछिल्लो समय व्यापार घाटा खेपिरहेको नेपाललका लागि खाडी मुलुक राम्रो व्यापारिक गन्तव्य बन्नसक्ने देखिएको छ ।

 

खाडी मुलुकहरुमा कृषिजन्य उत्पादनको माग बढ्दो रहेकाले नेपाली उत्पादनलाई बजारीकरणको राम्रो व्यापारिक केन्द्रबन्ने सम्भावना रहेको छ । खाडी मुलुकमा रहेका नेपाली राजदुतहरुले खाडी देशहरुमा नेपालबाट कृषिजन्य उत्पादन लैजान सकिने प्रचुर सम्भावना रहेको औँल्याएका छन् । सरकारले कृषिजन्य उत्पादन निर्यातका लागि सहजीकरण गर्न सके थुपै्र सम्भावन रहेको उनीहरुले बताएका छन् ।

 

उनीहरुले नेपालमा उत्पादन हुने तरकारी, फलफूलको माग युएई, कुवेत लगायतका देशमा बढ्दै गइरहेको र त्यहाँको मागअनुसार नेपालले आपूर्ति गर्नसके अर्थतन्त्रमा थप टेवा पुग्ने देखिएको छ ।  व्यवसायीहरुले नेपाली उत्पादनलाई सम्बन्धित देशमा रहेका नेपाली राजदूतहरुले बजारीकरणका लागि सहजीकरण गर्न आग्रह गरेका छन् । नेपाल निर्यात परिषद्का अध्यक्ष रेशम पोख्रेलले खाद्य सामग्री लैजान नेपाल युएईका लागि नयाँ गन्तव्य भइरहेको बताए ।

 

जुम्ला र मुस्ताङका स्याउहरुमा उनीहरुको माग बढीरहेको उल्लेख गरे । माग धान्न नसक्दा उनीहरु काश्मिर, सिक्किम पलायन भइरहेको भन्दै दुतावसले यसमा पहल गर्न आग्रह गरे । यता, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले नेपालको ब्राण्डलाई सम्बन्धित देशमा चिनाउन र बुझाइदिन सके व्यापार प्रवद्र्धन हुने बताएका छन् । दुतावासमा चिया, कफी लगायत नेपाल्ी उत्पादनको मेला गर्दा पनि नेपाली उत्पादनको बजारीकरण हुने उनको भनाई छ ।

 

नेपालको विशेष दिवसहरुमा र ओहोदाको प्रमाणपत्र पेस गर्दा पनि नेपाली उत्पादन उपहारमा दिँदा त्यसले नेपाली उत्पादनको बजारीकरण र माग बढ्ने व्यवासायीहरुले सुझाव दिएका छन् । सरकारले साना कृषि उत्पादहरुको उत्पादनलाई निर्यात गर्न सहजीकरण गर्नुपर्ने बताएका छन् । कृषि उपज निर्यात गर्न राज्यस्तरबाटै पहल थाल्ने र साना किसान परियोजना मार्फत कृषि उत्पादन वृद्धि गर्न सके बढ्दो व्यापार घाटा कम गर्न टेवा पुग्ने छ ।

प्रचण्डले भने : संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समिकरण परिवर्तन सामान्य अवस्थामा नभएको बताउनुभएको छ । प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश...

बेचन झा र प्रतिक थापालाई पक्राउ गर्दा सरकार ढल्यो : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताएका...

जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न सांसद् भट्टराईकाे चेतावनी

काठमाडाैं । नेकपा एमालेका सांसद् योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्...

दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न परेन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्ला दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न नपरेको बताएका छन् ।  ...

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड...

प्रतिपक्षमा बस्न योग्यलाई बेकारमा प्रधानमन्त्री बनाइएछ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रति कटाक्ष गर्दै जबरजस्त प्रतिपक्षी दलको नेता हुन...

.