मेयर साम्पाङलाई प्रश्न गरेकै कारण धरानका अशोक लिम्बू पक्राउ 

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । आफूलाई प्रश्न गरेकै कारण धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले एक युवकलाई थुनाएका छन् । साम्पाङले आफूविरुद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै अशोक लिम्बूलाई पक्राउ गरी थुनाएका हुन् ।

 

प्रश्न गरेको भन्दै साम्पाङले धरान-१५ का अशोक लिम्बूलाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा पुर्‍याएका छन् । लिम्बू शुक्रबार साँझदेखि प्रहरी कार्यालय धरानको हिरासतमा छन् ।

 

शुक्रबार धरान-१५ मा लागूऔषध सचेतना गरिरहेका साम्पाङलाई लिम्बूले ‘डेंगुले मान्छे मरिरहेको अवस्थामा तपाईं बाटोमा अर्कै कार्यक्रम गर्ने’ भनेर प्रश्न सोधेका थिए ।

 

यो विषयमा प्रतिक्रया दिँदै साम्पाङले सामाजिक सञ्जालमा ‘बदमासलाई प्रहरीलाई जिम्मा लगाएको’ लेखेका छन् । उनले स्वतन्त्रताको नाममा अराजकता फैलाउने कसैलाई नछाड्ने बताए ।

जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न सांसद् भट्टराईकाे चेतावनी

काठमाडाैं । नेकपा एमालेका सांसद् योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्...

दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न परेन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्ला दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न नपरेको बताएका छन् ।  ...

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड...

प्रतिपक्षमा बस्न योग्यलाई बेकारमा प्रधानमन्त्री बनाइएछ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रति कटाक्ष गर्दै जबरजस्त प्रतिपक्षी दलको नेता हुन...

प्रचण्डले भने : संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समिकरण परिवर्तन सामान्य अवस्थामा नभएको बताउनुभएको छ । प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश...

हारेको अनुभव गर्न मन छ, विश्वासको मत नदिनुस् : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई संसदमा हारेको अनुभव गर्न मन लागेको भन्दै विश्वासको मत नदिन भनेका छन् ।...

.