कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्  । प्रदेश प्रमुख पर्शुराम खापुङबाट उनले पद तथा शपथ लिएका हुन् ।

 

सर्वोच्च अदालतले बिहीबार उद्धव थापा नेतृत्वको सरकारलाई बर्खास्त गरी कार्कीलाई संविधानको धारा १६८ को उपचार ३ बमोजिम ठूलो संसदीय दलको नेताको हैसियतमा ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।

 

एमाले सांसद तिलकुमार मेन्याङ्बो खानेपानी, सिँचाइँ तथा ऊर्जा, एकराज कार्की भौतिक पूर्वाधार र पाँचकर्ण राई वन तथा वातारण मन्त्री, एमाले सचेतक सिर्जना राई समाजिक विकास राज्यमन्त्री बनाउने निर्णय भएको छ ।

 

उनीहरूकाे पनि आजै शपथ हुने भएको छ ।

दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न परेन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्ला दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न नपरेको बताएका छन् ।  ...

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड...

प्रतिपक्षमा बस्न योग्यलाई बेकारमा प्रधानमन्त्री बनाइएछ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रति कटाक्ष गर्दै जबरजस्त प्रतिपक्षी दलको नेता हुन...

प्रचण्डले भने : संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समिकरण परिवर्तन सामान्य अवस्थामा नभएको बताउनुभएको छ । प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश...

हारेको अनुभव गर्न मन छ, विश्वासको मत नदिनुस् : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई संसदमा हारेको अनुभव गर्न मन लागेको भन्दै विश्वासको मत नदिन भनेका छन् ।...

प्रधानमन्त्री दाहालकाे प्रश्न- साना दललाई गर्भमै सिध्याउने कसरत त भइरहेको छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले साना दललाई सिध्याउने कसरतमा कांग्रेस एमाले लागेको आशंका व्यक्त गरेका छन् ।   आज...

.