सुदूरपश्चिममा ऐन विपरीत प्रयोग गरेका गाडी फिर्ता गर्न नेताहरुलाई निर्देशन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले ऐन विपरीत नेताहरूले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन दिएको छ । बिहीबार बसेको प्रदेश सभाको सार्वजनिक लेखा समितिले सत्ता पक्षका नेताहरूले सेवा सुविधा सम्बन्धी ऐन विपरीत प्रयोग गरिरहेका गाडी तीन दिनभित्र प्रदेशसभा सचिवालयलाई फिर्ता गर्न निर्देशन दिएको हो ।

 

प्रदेशसभाका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धी ऐनमा भएको व्यवस्था विपरीत गाडी सुविधा लिएको भेटिएपछि फिर्ता गर्न निर्देशन दिइएको लेखा समितिका ज्येष्ठ सदस्य बिक्रम धामीले जनाकारी दिए । सत्तारूढ नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट, नागरिक उन्मुक्ति पार्टीका दलका नेता घनश्याम चौधरी र नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता दीर्घ सोडारीलगायतले सुविधाको गाडी प्रयोग गर्दै आएका छन् ।

 

लेखा समितिले यसअघि संसद सचिवालयलाई ऐन विपरीत दिइएका गाडी फिर्ता गराउन प्रदेशसभा सचिवालयलाई भनेको थियो । सचिवालयले मौखिक रुपमा गाडी बुझाउन भनेको थियो तर गाडी फिर्ता भएको थिएन ।

सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?

काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...

सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु

काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...

हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...

एनएसएल : आज काठमाडौं र झापाबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको खेलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।...

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै,यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने भएको छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बस्ने भएकाे हाे...

राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनले साझा उम्मेदवार उठाउने

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त हुने एक तिहाइ सदस्य पदका लागि आगामी माघ ११ गते गर्ने  निर्वाचनमा सत्ता...

.