मुस्ताङको लोमान्थाङमा गल्फ प्रतियोगिता, विजेतालाई १ लाख बराबरको घोडा पुरस्कार

स्टार संवाददाता
स्टार संवाददाता

पर्वत । हिमाल पारीको जिल्ला मुस्ताङको लोमान्थाङमा गल्फ प्रतियोगिता हुने भएको छ । विश्वकै अग्लो उचाइमा दोस्रो पटकभदौ ३० गते एमेचर गल्फ प्रतियोगिता हुने भएको हो ।

 

समुन्द्री सतहबाट सबैभन्दा उच्च स्थानमा आयोजना गरिएको गल्फ प्रतियोगिताले ‘वर्ल्ड रेकर्ड’ कायम गराउने आयोजकको दाबी छ । आयोजकका अनुसार खेलकुदलाई पर्यटनसँग जोड्नका लागि पनि दोस्रो संस्करणको गल्फ च्यालेन्ज आयोजना गरिएको हो ।  लोमान्थाङ गाउँपालिकाको आयोजनामा हुन लागेको प्रतियोगितामा काठमाडौं, पोखरा, धरान, बुटवल लगायतका शहरहरूबाट चार जना महिलासहित ४० जना प्रतियोगी सहभागी हुन लागेका छन् ।

 

प्रतियोगिता इभेन्ट नौ होलमा ३–४ ह्यान्डिक्यापको साथ स्थिर फोर्ड ढाँचामा खेलाइने छ । प्रतियोगिताका विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रको साथमा पुरस्कृत गरिने भएको छ । प्रतियोगितामा होल इन वानको विजेतालाई भने एक लाख रुपैयाँ भन्दा बढी मुल्य बराबरको घोडा उपहार प्रदान गरिने भएको छ ।

 

गल्फ पर्यटकलाई आकर्षित गरी देशको पर्यटन उद्योगमा नयाँ आयाम थप्ने उद्देश्यले उक्त प्रतियोगितालाई निरन्तर रुपमा आयोजना गर्न लागेको कार्यक्रमका संयोजक तथा गल्फ संघ गण्डकी प्रदेशको तदर्थ समितिका अध्यक्ष इन्द्रधारा विष्टले बताए ।

प्रधानमन्त्री प्रचण्ड पदमुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् ।

विश्वासको मतमा राष्ट्रिय जनमोर्चा तटस्थ

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ ।   आज प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय...

‘नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनु पर्छ’

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनुपर्ने बताएका छन् ।...

प्रचण्डले भने : संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समिकरण परिवर्तन सामान्य अवस्थामा नभएको बताउनुभएको छ । प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश...

बेचन झा र प्रतिक थापालाई पक्राउ गर्दा सरकार ढल्यो : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताएका...

जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न सांसद् भट्टराईकाे चेतावनी

काठमाडाैं । नेकपा एमालेका सांसद् योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्...

.