जुम्लाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सुरु भएपछि स्थानीय खुसी


काठमाडौं । जुम्लाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सुरु भएपछि स्थानीय खुसी भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जुम्लाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सुरु भएपछि स्थानीय खुसी भएका बताएका हुन्। मन्त्री बस्नेतले भदौ १४ गते उक्त प्रतिष्ठानमा डायलासिस सेवाको सुभारम्भ गरेका थिए ।
मन्त्री बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास र उपचार सेवा विस्तारका लागि आफूले पहिलो प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । स्थानीयवासीले मन्त्री बस्नेतको भ्रमणपछि प्रतिष्ठानमा स्वास्थ्य सुविधा थपिने र उपचार सेवा सहज हुने आशा गरेका छन् ।
मन्त्री बस्नेतले बोलेको कुरा पुरा गर्ने भन्ने सुनेकोले उनिप्रति आफूहरुले बढी विश्वास गरेको स्थानीय कमल सेजुवालले बताए । अरु ठाउँको भन्दा जुम्लाको स्वास्थ्य सेवा प्राथमिकतामा राख्छु भन्ने जानकारि दिएका हुन् । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा.राजेश पाण्डव संभाजीरावले स्वास्थ्य मन्त्री बस्नेतलाई स्कील ल्याव टेनिङ सेमुलेसन उपकरण हस्तान्तरण गरेका थिए । यी उपकरणले प्रतिष्ठानमा विभिन्न तालिम सञ्चालनका लागि सहज हुनेभएको जनाए ।
हस्तान्तरण कार्यक्रममा प्रदेश र संघीय सरकारका सांसदहरुको सहभागितामा मन्त्री बस्नेतले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा त्यस क्षेत्रका स्थानिय सरकारका प्रमुख , उपप्रमुख र स्वास्थ्य प्रमुखहरुसँग त्यस क्षेत्रको अवस्थाको वर्तमान अवस्था र स्वास्थ्य सुधारका लागि चाल्नु पर्ने सुधारका विषयमा अन्तरक्रिया गरेका हुन् ।
एमाले अध्यक्ष ओलीद्वारा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् । ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्राका...
सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?
काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...
सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु
काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...
हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...
एनएसएल : आज काठमाडौं र झापाबीच प्रतिस्पर्धा
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको खेलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।...
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै,यस्ता छन् एजेण्डा
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने भएको छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बस्ने भएकाे हाे...