सशस्त्र प्रहरीका २ डीआईजी र १० एसएसीको सरुवा (सूचीसहित)

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका दुईजना नायव महानिरिक्षक (डीआईजी) र १० जना बरिष्ठ उपरिक्षक (एसएसपी) काे सरुवा गरेकाे छ । सोमबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्रका उच्च अधिकृतहरुको सरुवा गरेका हुन् ।

 

डीआईजी कमल गिरीलाई प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । उनी सशस्त्रको मुख्यालय स्थित कार्य विभागमा कार्यरत थिए । प्रशिक्षण प्रतिष्ठानमा कार्यरत अभिकुमार खत्रीलाई विन्ध्यवासिनी मुख्यालय रुपन्देहीमा सरुवा गरिएको छ ।

 

सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोदराज श्रेष्ठलाई पशुपतिनाथ बाहिनी मुख्यालयबाट राजस्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालय कैलालीमा सरुवा गरिएको छ । त्यस्तै, एसएसपीहरू प्रवीण कँडेललाई प्रधान कार्यालय मानव स्रोत विभागबाट जवान तालिम शिक्षालय बाँके, दिगविजय सुवेदीलाई प्रधान कार्यालय कार्य विभागबाट दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, विश्वकुमार भट्टराईलाई बराह बाहिनी मुख्यालय सुनसरीबाट सीमा सुरक्षा तालिम शिक्षालय नवलपरासी र भुपेन्द्र केसीलाई जवान तालिम शिक्षालय बाँकेबाट प्रधान कार्यालय मानव स्रोत विभागमा सरुवा गरिएको छ ।

 

एसएसपी कमलप्रसाद तिउसिनालाई प्रशिक्षण प्रतिष्ठानबाट पाथिभरा जवान तालिम शिक्षालय झापा, नीरकृष्ण अधिकारीलाई बडीमालिका जवान तालिम शिक्षालय कैलाली, किरण बस्नेतलाई कार्य विभाग, उद्दवबहादुर न्यौपानेलाई पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ्ग र किरण ढुंगानालाई सशसस्त्रको मुख्यालय स्थित सीमा सुरक्षा विभागमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

अमेरिकासँग बंगलादेश पराजित

काठमाडौं । टी-२० सिरिजको दोस्रो खेलमा अमेरिकासँग बंगलादेश पराजित भएको छ । गएराती भएको खेलमा अमेरिकासँग बंगलादेश ६ रनले...

राजस्थान र हैदरावादबीच प्रतिस्पर्धा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत दोस्रो क्वालिफायरमा आज राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएको छ...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाकाे बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागी बोलाइएको छ...

सहकारी छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) को टुङ्गो लगाउन कार्यदलको बैठक आज पनि बस्ने भएको...

प्रतिनिधिसभामा आज सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ । बिहान ११ बजे बैठकबाट नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित...

.