कागखोलामा फेरि बाढी आउँदा स्थानीय त्रसित 

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । मुस्ताङको कागखोलामा फेरि बाढी आएको छ । एक सातापछि माथिल्लो तटीय क्षेत्रमा पुनः बाढी आउँदा स्थानीय त्रसित बनेका छन् ।

 

आइतबार राति पानी पर्दा कागखोलामा मिसिने माथिका दुई (झोङ र मुक्तिनाथ) खोलामा पनि बाढी आएको हो । बाढीले उपल्लो मुस्ताङ जोड्ने सडकमा क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । बारागुङ गाउँपालिका-२ का वडाध्यक्ष न्होरू गुरूङले मुक्ति क्षेत्र र झोङमा मध्यम वर्षा भएको बताए । मुस्ताङको तल्लो तटीय क्षेत्रमा सामान्य वर्षा भएको मौसम पूर्वानुमान महाशाखाको तथ्याङकअनुसार जोमसोम स्टेसनमा पछिल्लो २४ घन्टामा ६.६ मिलिमिटर वर्षा मापन भएको हो ।

 

साउन २८ गते कागखोलाको बाढीले कागबेनी क्षतिग्रस्त तुल्याएको थियो । कागखोलाको बाढीले २९ वटा घर, प्रभु बैंकको मुस्ताङ शाखा, सामूदायिक विद्यालय, श्राद्धस्थल, धर्मशाला बगाएको थियो। १३ वटा घरमा आंशिक क्षति पुर्‍याएको थियो ।

एमाले अध्यक्ष ओलीद्वारा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् ।   ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्राका...

सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?

काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...

सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु

काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...

हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...

एनएसएल : आज काठमाडौं र झापाबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको खेलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।...

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै,यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने भएको छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बस्ने भएकाे हाे...

.