नेपाल प्रहरीका पाँच एआईजीको सरुवा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं  ।  नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक नेपाल प्रहरीका पाँच एआईजीहरूको सरुवा सरुवा भएको छ । मन्त्रिपरिषद्को  बैठकले एआईजीहरूको सरुवा गरेको गृह मन्त्रालयले जानकारी दिएको हो ।

 

यसअघि प्रहरी प्रशिक्षण प्रतिष्ठानमा रहेका श्याम ज्ञवालीको कार्य विभागमा सरुवा भएको छ ।   काठमाडौं  उपत्यका प्रहरीको प्रमुखमा दीपक थापा सरुवा भएका छन् । थापा सरुवा भएपछि प्रशासन विभागमा मिरा चौधरी सरुवा भएकी छिन् । प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारीको सरुवा भएको छ  भने  टेकबहादुर राईको मानव स्रोत विभागमा सरुवा भएको स्रोतले बताएको छ ।

 

काठमाडौं ललितपुर र अपराध महाशाखाका एसएसपीहरूको सरुवाको तयारी पनि भइरहेको छ ।  काठमाडौंमा भूपेन्द्र खत्री, ललितपुरमा दिनेश आचार्य र अपराध महाशाखामा सोमेन्द्रसिंह राठौरलाई ल्याउने तयारी भइरहेको छ ।

संसदको गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले पहल गर्ने

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले संसदकाे गतिरोध अन्त्यका लागि पहलकदमी लिने भएको छ । आज बसेको पार्टीको ८२ औँ...

कांग्रेसले तोक्यो जेठ १३ को प्रदर्शनका लागि १५ कमाण्डर

काठमाडौं । नेपाली कांग्रेसले जेठ १३ गते काठमाडौं उपत्यकामा गर्ने सडक प्रदर्शनकाे तयारीका लागि नेतालाई जिम्मेवारी बाँडफाँड गरेको छ...

कार्यदलकाे बैठक निष्कर्षविहीन

काठमाडाैं । सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न बसेकाे कार्यदलको बैठक निष्कर्षविहीन भएकाे छ...

सांसद्ले विदेशीलाई सूचना बेच्छन् भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन शर्माको माग

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेले सांसद्ले विदेशीलाई सूचना बेच्छन् भनी दिएको अभिव्यक्ति संसदकाे रेकर्डबाट...

चोभार बन्दरगाहबाट ८३ करोडको आयात

काठमाडाैं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को १० महिनाको अवधिमा काठमाडौंको सुक्खा बन्दरगाहबाट ८३ करोड रुपैयाँ बराबरको वस्तु...

कार्यदलको बैठक कानुन मन्त्रालयमा जारी

काठमाडाैं । सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न कार्यदलको बैठक सुरू भएकाे छ ।...

.