सिराड खोलामा पुल नहुँदा विद्यार्थीहरू जोखिम मोलेर विद्यालय जान बाध्य 

स्टार संवाददाता
स्टार संवाददाता

दीपकराज भट्ट/डडेल्धुरा । डडेलधुरा जिल्लाको भागेश्वर गाउँपालिका–५ को चिल्ल र सिरा जोड्ने सिरा खोलामा झोलुङ्गे पुल नहुँदा काठे पुलको भरमा विद्यार्थी विद्यालय जान बाध्य छन् । कक्षा ८ सम्म गाउँमै अध्ययन गर्ने भए पनि मावि तहको शिक्षा अध्ययनका लागि सरस्वती मावि बाग कोट वा शारदा मावि सिरा जानुपर्ने बाध्यता रहेको छ तर पुलको उचित व्यवस्था नउद्या विद्यार्थीहरू जोखिम मोलेर जान बाध्य छन् ।

 

 

डडेलधुराको भागेश्वर गाउँपालिका–५ चिल्ल र सिरा जोड्ने सिरा खोलामा झोलुङ्गे पुल नहुँदा काठे पुलको भरमा विद्यार्थी विद्यालय जान बाध्य छन् । कक्षा ८ सम्म चिल्ल गाउँमै भागेश्वर आधारभूत विद्यालय भए पनि मावि तहको शिक्षा अध्ययनका लागि यहाँका विद्यार्थीहरूलाई सरस्वती मावि बाग कोट वा शारदा मावि सिरा जानुपर्ने बाध्यता रहेको तर पुलको उचित व्यवस्था नउद्या विद्यार्थी जोखिम मोलेर जान बाध्य भएका हुन् । सरस्वती मावि बगारकोट जान कम्तीमा दुई घण्टा लाग्ने गर्दछ तर चुल्लबाट सिरा दूरी छोटो हुँदा प्रायः जसो विद्यार्थी शारदा मावि सिराडमै पढ्ने गर्दछन् ।

 

खोलामा झोलुङ्गे पुल नहुँदा वर्षाको सयमा विद्यार्थीलाई विद्यालय पठाउन निकै पिरोलो हुने गरेको स्थानीय जानकी लोहारले बाइतान् । छोराछोरीलाई स्कुल पढाएको दिन निकै पिरोलो हुन्छ, दिनभरि छोराछोरी कति खेर आउलान् भनेर बाटो ढुकेर बस्ने गर्छु ।’ उनको गुनासो छ । यसका साथै सरकारी कागजात र वडाको सिफारिस बनाउन पनि सिरा नै जानुपर्ने बाध्यता त्यहाँका स्थानीयको छ । वर्षाको समयमा तुरुन्तै गर्नुपर्ने कार्य दिनहुँ लाग्ने गरेको र यसमा स्थानीय सरकारले चासो नदिँदा झनै सास्ती झेल्नुपरेको अर्का स्थानीय दुर्गा जोशीले बताए ।

 

 

यता भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले सिरा खोलामा दुई वटा पुल आवश्यकता रहेकाले एउटाको सिपिआर अगाडि बढिसकेको बताएका छन् । उनले अर्को पुलका लागि छिट्टै प्रक्रिया अगाडि बढाउने जिकिर गरे । यता वर्षाको सयमा नियमित विद्यार्थी विद्यालय जान नपाउँदा पढाइमा समेत बाधा भएर परीक्षाको समयमा पास हुन पनि धौधौ पर्ने गरेको विद्यार्थीहरू गुनासो गर्ने गर्दछन् । यसरी पटक पटक स्थानीय र प्रदेश तहले काठको पुलको स्थानमा झेलुंगे पुल निर्माण गर्ने आश्वासन दिए पनि निर्माण भने हुन सकेको छैन । जसका कारण विद्यार्थी मात्रै होइन स्थानीयहरू पनि खोलामा जोखिम मोलेर वारपार गर्न बाध्य छन् ।  यस्ता जनतासँगै प्रत्यक्ष जोडिएका विकासका काममा तदारुकता देखाउने कि ?

एकीकृत समाजवादीको सचिवालय बैठक सुरू

काठमाडाैं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएकाे छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बैठक सुरू भएकाे हाे...

एमाले अध्यक्ष ओलीद्वारा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् ।   ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्राका...

सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?

काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...

सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु

काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...

हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...

एनएसएल : आज काठमाडौं र झापाबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको खेलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।...

.