सरकारले नै हामीलाई लुट्यो, देशभर निर्माण कार्य ठप्प पार्छाै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । नेपाल निर्माण व्यवसायीहरुले सरकारले निर्माण व्यवसायीको माग सम्बोधन नगरे देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिँदै उनीहरुले माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका हुन् ।

 

पूर्ववर्ती सरकारले गरेका गल्तीहरु सच्याएर देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको निर्माण व्यवसायीहरुको आग्रह छ । साथै उनीहरुले बजेट दिन नसक्ने आयोजनाहरु खारेज नगरे देशमा निर्माण व्यवसायीहरुको आन्दोलन थप चर्किने चेतावनी पनि दिएका छन् ।

 

नेपाली कांग्रेसका सांसद समेत रहेका ब्यवसायी पूर्णबहादुर तामाङले रक्षा मन्त्रालय नै ठेक्कापट्टामा लागेको भन्दै रक्षा मन्त्रालयले सुरक्षा व्यवस्था चुस्त बनाउने हो की ठेक्का पट्टामा लाग्ने हो ? भन्दै प्रश्न नै गरेका छन् । सरकारले निर्माण व्यवसायीको माग पूरा नगरे आफूले सांसदको पद त्याग्ने समेत उनले बताए ।

 

उनले लामो ग्याप गरेर भुक्तानी नरोक्न सरकारलाई सुझाव दिँदै उनले प्रत्येक महिनाको ग्याप राखेर रकम भुक्तानी गर्न आग्रह गरे ।

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.