मिर्गौलारोगी बुबाको उपचारमा सहयोगका लागि मादीका पुरनको अपिल

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । कास्कीको मादी गाउँपालिका– १२ का पुरन परियारले दुवै मिर्गौला फेल भई जीवन र मृत्युसँग संघर्ष गरिरहेका आफ्ना बुबा पदमबहादुर दर्जीको उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका छन् । पुरनले उपचार गर्ने पैसा नहुँदा ७० वर्ष पुगेका आफ्ना बुबा घरमै छट्पटाइरहेको बताए ।

 

उच्च रक्तचापका कारण मिर्गौलामा असर परेर दुईवटै मिर्गौला फेल भएको र अब डाइलासिस भन्दा अरु विकल्प नरहेको मणिपाल शिक्षण अस्पताल पोखराका डाक्टरले बताएको उनले जानकारी दिए  । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर नाम लेखाउँदा  ६१० नम्बरमा पालो परेको गुनासो उनले गरे  ।  बुबाको डायलासिसका लागि तीन महिनापछि मात्र पालो आउने पुरनले भावविह्वल हुँदै बताए ।

 

‘मसँग भएको पैसा सबै सकियो। त्यसैले बुबालाई विवश भएर घर फर्काएँ।  वेला–वेलामा बेहोश हुनुहुन्छ । हस्पिटल लग्न पैसा छैन’, उनले भने,  आमा पनि दुर्घटनामा परेर एक हर नचल्ने अवस्था छ। जमिन बेचेर उपचार गर्ने अवस्था पनि छैन।’  परियारले देशविदेशमा रहेका सहृदयीलाई सकेको सहयोग गरेर बुबाको ज्यान बचाइदिन आग्रह गरेका छन् ।

 

मिर्गौलारोगी  दर्जीका श्रीमती, तीन छोरा र दुई छोरी छन्।

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.