लम्पी स्किन तत्काल नियन्त्रणको माग गर्दै एमालेले गर्‍यो प्रदर्शन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटीले लम्पी स्किन रोगको तत्काल नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै प्रदर्शन गरेका छन्  ।  बुधबार काठमाडौंको माइतीघर मण्डलामा भेला भई उनीहरूले सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै प्रदर्शन गरेका हुन् ।

 

लम्पी स्किन देश व्यापीरुपमा फैलिसक्दासमेत सरकारले आवश्यक चासो नदिएको उनीहरुको गुनासो छ । लम्पी स्किन महामारी देशभर फैलिसक्दा समेत सरकार कानमा तेल हालेर बसेकाले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरेको वागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुँयालले जनाएका छन् । उनले देशभरका किसानलाई समस्या पर्दा सरकारलाई दुख्न नसकेको बताएका हुन् ।

 

प्रदर्शनमा सहभागीहरुले लम्पी स्किन महामारी घोषणा गर, किसानलाई तत्काल बीमा उपलब्ध गराउ, किसानलाई गोठगोठमा सेवा उपलब्ध गराउ, रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था गर, किसानलाई क्षतिपूर्ति र सहुलियत बैंक कर्जा उपलब्ध गराउ लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए ।

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.