पैसाको अभावमा उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्दैन : मन्त्री बस्नेत

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था हुनु नहुने बताएका छन् । दोस्रो आधारभूत जीवन रक्षा दिवसको अवसरमा सोमबार धुलिखेल अस्पतालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले पैसा नभएका कारण उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था नभएको बताएका हुन ।

 

बस्नेतले आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाले पछि देश भरिका १६ वटै सङ्घीय अस्पतालहरूका ३ हजार ५ सय २३ शय्या विपन्नका लागि नि:शुल्क गरेको बताएका छन् । उनले सम्पूर्ण निजी अस्पतालले १० प्रतिशत शय्या विपन्नका लागि नि:शुल्क गर्ने कानूनी प्रवधानलाई कडाइका साथ लागु गराएकोले बिरामीको उपचारमा धेरै हदसम्म सहज भएको दाबी गरे ।

 

दुई वर्षभित्र सबै नेपालीलाई नि:शुल्क रूपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र पाँच वर्ष भित्र हरेक प्रकारका स्वास्थ्य सेवा प्रदान गर्न सक्ने आधार स्तम्भ तयार पार्न आफू लागेको बताउँदै स्वास्थ्यमा कुरा भन्दा काम गर्दै अगाडि बढेको जानकारी दिए ।

 

धुलिखेल अस्पतालले नेपालीको स्वास्थ्य उपचारमा गरेको योगदानको प्रशंसा गर्दै मन्त्री बस्नेतले धुलिखेल अस्पतालले निकट भविष्यमा निर्माण गर्न लागेको ट्रमा सेन्टर बनाउन स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने बताए । आधारभूत जीवन रक्षाको कार्यक्रमको महत्त्व जहाँ पनि जहिले पनि रहेको बताउँदै यसलाई देश भरि पुर्‍याउनु पर्ने आवश्यकतामाथि बस्नेतले जोड दिए ।

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.