प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । सोमबार दिउँसो १ बजेको लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित गरेकाे हाे ।

 

नेकपा एमालेले गैरकानुनी रुपमा नेपालमा सुन भित्रिएको विषयमा छानबिन समिति बनाउने प्रतिबद्धता नआएसम्म संसद चल्न नदिने अडान लिएपछि बैठक बस्दै नबसी स्थगित भएको हाे । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।

 

यसअघि यही साउन १० गते बसेको बैठक पनि एमालेकै अवरोधका कारण स्थगित भएको थियो । सोमबार सदन चलाउने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीबीच छलफल भएको थियो तर सहमति हुन नसकेपछि एमालेले सदन अवरोध गर्ने अडान कायमै राखेको थियो ।

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.