साढे एघार अर्बको गलैँचा निर्यात, अघिल्लो वर्षको तुलनामा दुई अर्ब बढी 

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं  ।  नेपालबाट साढे ११ अर्ब रुपियाँ बराबरको गलैँचा निर्यात भएको छ । चालु आर्थिक वर्ष २०७९र८० मा ११ अर्ब ५० करोड ६६ लाख २३ हजार रुपियाँ बराबरको ४९ लाख दुई हजार ३३५ स्क्वायर मिटर गलैँचा निर्यात भएको हो ।

 

अघिल्लो वर्षको तुलनामा गत आवमा दुई अर्ब रुपियाँ भन्दा बढीको गलैँचा निर्यात बढेको तथ्याङ्कले देखाएको छ । अघिल्लो आव २०७८र७९ मा नौ अर्ब ५६ करोड ७७ लाख ३० हजार रुपियाँको गलैँचा निर्यात भएको थियो ।  कच्चा पदार्थ आयात गरी नेपालमा उत्पादन गरिएको गलैँचा विभिन्न देशमा निर्यात हुने गरेको छ ।   प्रत्येक वर्ष २५ प्रतिशतका दरले गलैँचाको निर्यात बढ्दै गएको नेपाल गलैँचा उत्पादन तथा निर्यात सङ्घले जनाएको छ ।

 

गलैँचाको निर्यात बढेकाले व्यापार घाटा कम गर्नुका साथै विदेशी मुद्रा नेपालमा भित्रिने क्रम बढ्दो छ । पाकिस्तानको गलैँचाभन्दा नेपाली गलैँचाको लागत २५ देखि ३० प्रतिशत महँगो भए पनि उच्च गुणस्तरको उत्पादन भएकाले अन्तर्राष्ट्रिय बजारमा बर्सेनि माग बढ्दै गएको उनको भनाइ छ ।

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.