बाह्य क्षेत्र सुधार र तरलता सहजताले लचिलो मौद्रिक नीति आएको छ : गभर्नर अधिकारी

स्टार संवाददाता
स्टार संवाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाह्य क्षेत्रमा सुधार र तरलता सहजताले आगामी वर्ष अर्थतन्त्र सहज हुने देखेर लचिलो मौद्रिक नीति आएको बताएका छन् ।  आइतबार  आइबिएन मिडियाले काठमाडौंमा आयोजना गरेको मौद्रिक नीति पछिको छलफल कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले विदेशी मुद्रा सञ्चितिमा आएको सुधार तथा वर्षान्तमा बैंकहरुमा देखिएको तरलता सहजताले राष्ट्र बैंकलाई आगामी वर्ष सहज हुने देखेर लचिलो मौद्रिक नीति अपनाएका बताएका हुन् ।
उनले राष्ट्र बैंकले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षासहित चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याएको बताए । उनले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सात प्रतिशतको नीतिगत दरलाई साढे छ प्रतिशत बनाउनु नै लचकता अपनाउनु भएको संकेत गरे । उनले विश्वका अधिकांश देशका केन्द्रिय बैंकले कडा नीति लिइरहँदा नेपाल राष्ट्र बैंकले भने नीतिगत दर घटाएर लचिलो नीति लिएको उल्लेख गरे  ।
उनले युरोपियन युनियनको राष्ट्रिय बैंक र बैंक अफ इङल्याण्डले समेत कडा मौद्रिक नीति अपनाइ रहेको भन्दै नेपाल राष्ट्र बैंकले लचिलो आर्थिक नीति लिनुको आधार गत वर्षको आर्थिक तथ्याङ्कले दिएको स्पेस र वाह्य क्षेत्रमा सहज भएको स्पष्ट पारे । उनले अहिले घरजग्गा क्षेत्रमा परेको दबाब र मनोबल गिरेको अवस्थामा नोबललाई उकास्न मौद्रिक नीतिले नीतिगत दरलाई घटाएको बताए  ।
उनले समग्रमा ११।५ प्रतिशतको निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि हुने अनुमान गरी लक्ष्य राखेकोमा लक्ष्य बढी भएको र कम भएको दुवै प्रतिक्रिया आएको बताए । उनले सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने, निजी क्षेत्रको मनोबल बढाउने विषयमा प्राविधिक रुपमा हिसाव गरेर ल्याएको बताए । उनले बैंकहरुमा कर्जाको औषत ब्याजदर,निक्षेपको औसत ब्याजदर र बैकहरुको बेसरेट निरन्तर रुपमा गत माघदेखि घट्दै आइरहेकाले राष्ट्र बैंक धेरै आशावादी रहेको बताए ।
उनले बैंकहरुमा घट्दै गएका रेटहरुले कर्जाको ब्याजदर कम हुने संकेत गरेको बताए । गभर्नर अधिकारीले गत वर्षकै जसरी रेमिट्यान्स आएको रेमिट्यान्स नघट्ने राष्ट्र बैंकको अनुमान रहेको बताए  । उनले बैंकहरुमा अहिले करिव अढाई खर्बको तरलता रहेको बताए  । उनले त्यही खालको रेमिट्यान्स निरन्तर आइराख्दा आगामी वर्षमा ५६२ अर्बको कर्जा निजी क्षेत्रमा बिस्तार गर्न सकिने बताए  । उनले सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नसक्छौं भन्ने मान्यताका साथ मौद्रिक तथ्याङ्कहरु र मौद्रिक लक्ष्यहरु मौद्रिक नीतिमा लिएको उल्लेख गरे  ।
गभर्नर अधिकारीले प्राकृतिक प्रकोप अथवा कुनैपनि किसिमले अफ्ठ्यारो परेका ऋणीलाई उसको उद्यमशीलतालाई बचाउनको लागि छुट्टै  फ्रेमवर्क राष्ट्र बैंकले बनाउने तयारी रहेको बताए । उनले व्यवसायीहरुबाट आएका सुझावहरुलाई सम्बोधन गर्नेगरी चालुपँजी कर्जालाई पनि संशोधनको तयारीमा रहेको बताए  ।
‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.