‘सभापति चयन नभए आगामी बैठकदेखि सत्तारूढ दलको झैझगडाको प्रत्यक्षदर्शी भएर बस्दैनौं’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदीय समितिको सभापति चयन नभए सार्वजनिक लेखा समितिको बैठक बहिष्कार गर्ने बताएका छन् । संसदीय समिति सभापति चयनमा प्रतिपक्षी दलले कुनै बार्गेनिङ नगर्ने भन्दै सचिव भट्टराईले यस्तो बताएका हुन् ।

 

उनले भने, ‘संसदीय समिति सभापति चयनमा प्रतिपक्षी दलले कुनै बार्गेनिङ गर्दैन । सत्तापक्षमा कुरा नमिलेका हुन् । सहमति बनेको छ भने त्यसअनुसार जाउ नबनेको भए अभ्यासअनुसार जाउ । सभापति बिहीन भएर समिति स्थायी रुपमा नजाओस् । ३ महिनासम्म सभापति नहुनु लज्जास्पद छ । यसरी नै समिति चल्ने हो भने हामी आगामी समिति बैठकमा आउँदैनौं । सत्तारूढ दलको झैझगडाको प्रत्यक्षदर्शी भएर बस्दैनौं ।’

सभापति चयनमा एमालेले बार्गेनिङ नगर्न तर प्रक्रिया अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । राजनीतिक दलका नेताबीच सभापति चयनमा समझदारी भएको भए त्यसैअनुसार गर्नुपर्ने तर छिटो समिति सभापति चयन गर्नुपर्ने उनले बताएका हुन् । समिति सभापति चयनबारे एमालेले सभामुख देवराज घिमिरेलाई भेट्न लागेको समेत उनले जनाकारी दिएका छन् ।

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.