आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ ।

 

‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ । नाराले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुनःस्थापनाको सुनिश्चितता र बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणको सन्देश दिएको छ ।

 

सामान्यतया प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत कुनै न कुनैरूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई नै मानव बेचबिखन भन्ने गरिन्छ । मानवको बेचबिखन तथा ओसारपसार बालश्रम, बाल दासत्व, धर्मपुत्र धर्मपुत्री, बालविवाह, बधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शोषण, गैरकानुनी आप्रवासन आदि कार्यका लागि भइरहेको देखिन्छ ।

 

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वव्यापी सङ्कट, द्वन्द्व र जलवायु आपत्कालले मानव बेचबिखनको जोखिम बढिरहेको छ । विस्थापन र सामाजिक आर्थिक असमानताले असर परेका लाखौँ मानिस मानव बेचबिखनका तस्करको चपेटामा परेका छन् । यस्तै गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन् ।

 

सन् २०२० मा मानवबेचबिखन पत्ता लगाउने दर ११ प्रतिशतले घटेको र मावबेचविखनविरुद्ध सजायको दर २७ प्रतिशतले घटेको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रिय प्रतिवेदन, २०७६ अनुसार पछिल्लो समय महिला र बालबालिकाको एसिया, अरब, अफ्रिका, युरोप र अमेरिकाका अन्य विभिन्न मुलुकमा समेत बेचबिखन तथा ओसारपसार हुन थालेको छ ।

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.