चिडियाखानामा सटल बस र टाइगर गेट बनाउने चिरिबाबुको प्रतिवद्धता

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जावलाखेलस्थित सदर चिडियाखानाभित्र ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि बसको व्यवस्था गर्ने बताएका छन् ।

 

शनिबार विश्व बाघ दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई चिडियाखानामा दृश्यावलोकन गर्नका लागि सहज बनाउने उद्देश्यले छिट्टै १४/१५ सिटको बसको व्यवस्था गर्ने घोषणा गरेका हुन् । उनले १४/१५ सिटको बस घुमिरहने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिले आफूले हेर्न मन लागेको जनावर भएको ठाउँमा रोकिएर हेर्ने र फेरि बस चढेर अर्को जनावर भएको ठाउँमा पुग्न सक्ने बताए ।

 

‘ज्येष्ठ नागरिक चिडियाघरमा आउँदा अथवा अपांगता भएका व्यक्तिहरु चिडियाघरमा आउँदा उहाँहरुले दृश्यावलोकन गर्न राम्रोसँग हेर्न सकुन् भन्नका लागि एउटा सटल बसको चाहिँ म व्यवस्थापन गर्न गइरहेको छु’, महर्जनले भने । उनले चिडियाखाना अगाडि चालु आर्थिक वर्षभित्रै टाइगर गेट बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.