धमाधम जागिर छाड्दै प्रहरी, सेवा सुविधाले घर खर्च धान्नै समस्या

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । कुनै बेला प्रहरी संगठन जागिरका लागि आकर्षक मानिन्थ्यो । माथिल्लो तहमा मात्र नभई तल्लो तहका पदमा भर्ना हुन चाहने युवाको लहर नै हुन्थ्यो ।

 

तर पछिल्लो समय स्थायी जागिर र पेन्सनको सुविधा भए पनि प्रहरीको जागिरबाट राजीनामा दिनेहरुको संख्या बढ्दो छ । दुख गरेर खाएको जागिर बिचमै छाडेर युवाहरु वर्षेनी प्रहरी संगठन छाड्न थालेका हुन् । जागिर स्थायी भए पनि न्यून तलव सुविधा, काम गर्ने समय धेरै हुनु र वैदेशिक रोजगारीको आकर्षणका कारण पनि युवाले प्रहरीको जागिर बिचमै छाड्ने गरेका हुन् ।

 

३ वर्ष अवधिको तथ्याकं हेर्ने हो भने पनि प्रहरी संगठन बाट विदा लिनेहरुको संख्या ठुलो देखिन्छ । ०७७–०७८मा प्रहरी नायव उपरिक्षक २ जना,२०७८–०७९ प्रहरी नायव उपरिक्षक ३ जना, २०७९–८०मा ४ जना, २०७८–७९मा प्रहरी वरिष्ठ उपरिक्षक २ जना,२०७९–०८०मा प्रहरी महानिरक्षक १ जनाले प्रहरी संगठनबाट बिदा लिएका थिए । त्यस्तै २०७७–०७८मा प्रहरी निरक्षक ९ जना, २०७९–०८०मा ९ जना, त्यस्तै प्रहरी वरिष्ठ नायव निरक्षक ११ जना रहेकाछन । यस्तै २०७७–०७८मा प्रहरी नायव निरक्षक १ सय ४१ जना,०७८–०७९मा ६२ जना, ०७९–०८०मा ४३ जना रहेका छन् ।

प्रहरी वरिष्ठ हवल्दार ०७८–०७९मा ३ जना, प्रहरी हवल्दार ०७७–०७८मा ३९६ जना, ०७८–०७९ १२४ जना,०७९–०८०मा ५७ जना रहेका छन् । प्रहरी सहायक हवल्दार ०७८–०७९मा १४ जना,०७९–०८०मा ८४ जना रहेका छन् । त्यस्तै कार्यालय सहयोगी ०७७–०७८ मा ३७ जना, ०७८–०७९ मा २६ जना, ०७८–०८०मा ५२ जना गरी जम्मा १ हजार ८ सय ३३ जनाले प्रहरी संगठन बाट बिदा लिएको प्रहरी तथ्याकंमा उल्लेख छ ।

 

कामअनुसारको सेवा सुविधाले घर खर्च धान्नै नसक्ने अवस्था आएपछि नयाँ अवसर पहिचान गर्दा अन्तै राम्रो देखिएपछि बिचमै जागिर छाड्ने गरेको पूर्वप्रहरी अधिकारीहरुको भनाइ छ । नेपाल प्रहरीमा मात्र होइन, नेपालका सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागमा राम्रो भविष्यको सम्भावना नदेखेपछि जागिर छाडेर विदेशीले राष्ट्र सेवकको संख्या दिनदिनै बढ्दै गएको छ ।यसतर्फ संगठन र राजनीतिक नेतृत्वको पनि ध्यान पुग्न आवश्यक देखिन्छ ।

 

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.