मन्त्रीहरूको राजीनामा माग्नु बेसिजनको खेती हो : सचिव पौडेल 

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव तथा सांसद देवेन्द्र पौडेलले प्रमुख प्रतिपक्ष दलले सरकारका मन्त्रीहरुको राजीनामा माग्नु बेसिजनको खेती भएको टिप्पणी गरेका छन् । बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव पौडेलले प्रमुख प्रतिपक्ष दलले सरकारको गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नु बेसिजनको खेती भएको बताएका हुन् ।

 

उनले सुशासनको प्रत्याभुति दिलाउन सरकार दृढतापूर्वक अगाडी बढ्नु नै इतिहासको आवश्यकता भएको बताए । उनले प्रतिपक्षले मन्त्रीहरुको राजीनामा मागेर भ्रम सिर्जना गर्न खोजेको बताए । सरकारले सुशासन दिन खोज्दा मन्त्रीहरुको राजीनामा माग्नुले गलत सन्देश जाने उनको भनाई छ ।

 

उनले सुन तस्करी प्रकरणको निष्पक्षतापूवर्क छानबिन गर्न सबैले सहयोग गर्नुपर्ने बताए । छानबिनमा अवरोध गरेमा देशमा सुशासन कायम हुन नसक्ने उनले बताए ।

 

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.