फिल्म ‘हामी तीन भाई’मा दुई अभिनेत्री लक्ष्मी र आश्मा अनुबन्धित

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । फिल्म ‘हामी तीन भाई’मा दुईजना अभिनेत्री भित्रिएका छन् ।  बुधबार ‘बुलबुल’ फेम्ड अभिनेत्री लक्ष्मी वर्देवा र ‘ड्रिम गर्ल’ फेम्ड अभिनेत्री आश्मा गिरीसँग निर्माण टिम सम्झौता गरेको छ ।

 

फिल्ममा लक्ष्मीको जोडी विनोद न्यौपानेसँग बाँधिनेछ भने आश्माको जोडी ‘झिँगेदाउ’ फेम्ड अभिनेता कुशल विष्टसँग बाँधिनेछ ।

 

यही साउन दोस्रो हप्तादेखि छायांकन सुरु हुन लागेको यस फिल्ममा जाह्नवी बस्नेत, राजाराम पौडेल, रवीन्द्र झा, बिष्णु सापकोटा (हर्के हवल्दार), दीपक बिडारी, फलित राई, तारा शर्मा, भुवन कुमार काफ्ले, नयन कला फुयाँलको पनि विशेष भूमिका रहनेछ । मधुसुदन भट्टराईले फिल्मलाई निर्देशन गर्नेछन् ।

 

फिल्मको पटकथा र संवाद शिवम् अधिकारीले लेखेका हुन् । साजित महत प्रस्तुतकर्ता रहेको फिल्ममा त्रिरत्न श्रेष्ठ निर्माता, विक्रम तामाङ कार्यकारी निर्माता तथा प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ सह-निर्मातामा छन् । फिल्ममा शिव ढकालको छायांकन, बनिष शाहको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशक र एसबी सापकोटाको संगीत रहनेछ ।

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.