फिर्के खोलाको सिमाङ्कनको काम सुरु

स्टार संवाददाता
स्टार संवाददाता

कास्की । पोखरा महानगरपालिकाले फिर्के खोलाको सिमाङ्कनमा काम सुरु गरेको छ । प्रमुख धनराज आचार्यले पहिलो चरणमा खोलाको भाग एकिन गर्नेगरी खोलाको सिमाङ्कन सुरु गरिएको बताए ।

 

पोखराको बीच भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहावमा अवरोध सृजना हुने गरी विभिन्न स्थानमा अतिक्रमण भइरहेको भन्ने गुनासाको बिच महानगरपालिकाले यसको सिमाङ्कनको काम सुरु गरेको हो ।

 

‘दिगो पर्यटन विकास परियोजना अन्तरगत फिर्के खोलाको संरक्षण, सम्वर्द्धन र विशेष सौन्दर्यीकरणको कार्यक्रम सुरु हुँदैछ, प्रमुख आचार्यले भने, ‘यसलाई फिर्के कोरिडोरको रूपमा विकास गर्ने र दुवैतर्फ साइकल लेनसहितको पूर्वाधार निर्माणका लागि दातृ निकायको सहयोगमा विशेष परियोजना लागु गर्ने तयारीमा हामी छौँ ।’

 

पहिलो चरणमा प्राविधिक सर्वेक्षण र नाप जाँच गरी खोलाको प्राकृतिक सिमाना एकिन गरिने उनले बताए । जस अन्तरगत फिर्केको अतिक्रमण हटाइने छ भने, परियोजना अनुसारको पूर्वाधार निर्माण गरिनेछ । फिर्के खोला मिचेर निर्माण गरिएका व्यक्तिगत, सरकारी र संस्थागत जे सुकै भएपछि नियमानुसार कारबाही अगाडी बढाइनेछ, उनले भने, यसमा कुनै प्रकारको मोलाहिजा हुनेछैन । महानगरपालिका फिर्के खोलाको संरक्षण, विकास र सौन्दर्यीकरणका लागि प्रतिबद्ध छ ।’

 

पहिलो दिन करिब १ कि.मी खोलाको भाग मध्ये २५ स्थानमा पिलर गाडिएको छ भने, १५ स्थानमा रेड कलर गरिएको छ । अन्तिम विन्दुमा खोला ४३ देखी ४५ मिटर सम्म फैलिएको पाइएको सर्वेक्षणमा सहभागी सर्वेक्षक वासुदेव पौडेलले बताए । उनका अनुसार बिहीबार ४ टोली बनाएर सर्वेक्षणको काम सुरु गरिनेछ ।

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.