अल्जेरियामा बस दुर्घटना हुँदा ३४ जनाको मृत्यु, १२ जना घाइते

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । अल्जेरियामा यात्रुवाहक बस दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

 

राजधानी अल्जियर्सबाट करिब दुई हजार किलोमिटर टाढा तामनरासेट शहरमा यात्रुवाहक बस र खाद्य सामग्री बोकेको ट्रक एकआपसमा ठोक्किदा ३४ जनाको मृत्यु भएको हो ।

 

ती दुई वटा सवारी साधन एक आपसमा ठोक्किदा बसमा आगो लागेको थियो । दुवै सवारी साधन द्रुत गतिमा रहेकाले उक्त दुर्घटना भएको अनुसन्धानबाट खुलेको छ ।

 

गत वर्ष अल्जेरियामा २३ हजार सवारी दुर्घटना भएकोमा तीन हजार ४ सय बढीको ज्यान गएको थियो भने ३० हजारभन्दा बढी घाइते भएका थिए ।

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.