काँग्रेस प्रदेश सभापतिहरुको गुनासो : प्रदेशलाई कमजोर बनाउने कोसिस भयो

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रदेश सभापतिहरुले काँग्रेसको कार्ययोजना र सांगठनिक तालिकामा प्रदेश समितिलाई नजोडेको गुनासो गरेका छन् ।

 

बुधवारको केन्द्रीय समिति बैठकमा बोल्दै लुम्बिनी प्रदेश सभापति अमरबहादुर पुनले काँग्रेसको संगठनात्मक कार्ययोजनामा प्रदेश समितिलाई जोड्ने काम नभएको भन्दै असन्तुष्टि व्यक्त गरे । केन्द्रीय नेताहरुले प्रदेशलाई कमजोर बनाउने कोसिस गरेको गुनासो गरे ।

 

त्यस्तै, बागमति प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पनि सरकार र पार्टीका बीचमा समन्वय हुन नसकेको भन्दै सरकार र पार्टीका बिचमा आपसी सहकार्य हुनुपर्नेमा जोड दिए । उनले नेपालको निर्वाचन प्रणालीदेखि काँग्रेसले बोकिरहेको एजेण्डाहरुको सम्बन्धमा पनि सोच्नुपर्ने आवश्यकता औंल्याए । साथै उनले काँग्रेसको कार्ययोजना र सांगठनिक तालिकामा प्रदेश समितिलाई नजोडिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

 

त्यस्तै, मधेश प्रदेश सभापति कृष्ण यादवले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिनु नहुने धारणा राखे । उनले क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिँदा घुुसपैठ हुनसक्ने भन्दै अनलाइन प्रणालीबाट दिनु नहुने धारणा राखेका हुन् । साथै उनले प्रदेश समितिलाई जिम्मेवारीबिहीन बनाइएको भन्दै प्रदेशलाई बाइपास नगर्न आग्रहसमेत गरे ।

 

मंगलबारदेखि सुरु भएको नेपाली काँग्रेस कार्यसमिति बैठकमा बैठकमा पार्टीका उपसभापति, महामन्त्रीहरुले पार्टीका समसामयिक विषय, राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरुमा छलफल जारी छ । आजको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ। करिब ११ महिना पछि बसेको कांँग्रेस केन्द्रीय समितिको बैठक पहिलोपटक मंगलबार लाइभसमेत गरिएको थियो ।

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.