‘नेपाल सरकारले अनुमती दियो भने लम्पी स्किनको खोप दिन तयार छौं’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । असारदेखि नेपालको पूर्वी जिल्लाबाट सुरु भई गाईभैंसीमा नयाँ किसिमको रोगको महामारी देशैभर फैलिएको छ जसको नाम हो ‘लम्पी स्किन’ । यो रोग लागेका गाईभैंसीमा उच्च ज्वरो आउने र शरीरभरि साना-ठूला गिर्खा देखिने लक्षण देखिएको छ । यसले गाईभैंसी पाल्दै आएका किसानलाई निकै चिन्तित बनाएको छ ।

 

लम्पी स्किनका कारण किसानहरु चिन्तीत भैरहेका बेला अटल फाउण्डेसनकी अध्यक्ष टिका डांगीले एक अभिया थालेकी छन् जसबाट किसनले राहात पाउने भएका छन् ।

 

लम्पी स्किन राेगकाे उपचार गर्न भन्दै भारतबाट विशेषज्ञसहितको टोली नेपाल आएकाे छ । भारतमा समेत लम्पी रोगले भयाभय रुप लिएको र खोपबाट निको पार्न सफल भएको डा. सुशील मेहताले बताए ।

 

नेपाल औनर समितिका अध्यक्ष दिनेशकुमार नौलखाले सबै प्राणीलाई बाँच्न पाउने अधिकार रहेको बताए । त्यसैगरी सामाजिक अभियन्ता फूलकुमार लालवानीले यो राेगले धेरै नोक्सानी पुर्याएको भन्दै रोकथाम गर्न आवश्यक रहेको बताए ।

 

त्यसैगरी समस्त महाजन मुम्बईका हिरालाल जैनले भारतमा पनि निकै भयाभह रुपमा फैलीएको लम्पी स्किन रोगलाई खोपको माध्यमबाट न्यूनीकरण गर्न सफल भएको दाबी गरे । उनले नेपाल सरकार खोपका लागि तयार भयो राेग निवारण गर्न सहज हुने बताए ।

 

 

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.