योगेशलाई देवेन्द्र पौडेलको जवाफ- मान्छेले लडेको युद्धलाई जनयुद्ध नै भनिन्छ


काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सांसद पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध अथवा जनआन्दोलन नै भनिने बताएका हुन् ।
त्यसअघि नेकपा एमालेका सांसद योगेश भट्टराईले बोल्ने क्रममा निति तथा कार्यक्रममा जनयुद्ध भन्ने शब्द परेको भन्दै आपत्ति जनाएका थिए । भट्टराईलाई जवाफ दिँदै सांसद पौडेलले सो युद्ध माछा, भालु, अर्ना, रुख र ढुंगाहरुले नलडेको भन्दै मानिसले लडेका कारणले जनयुद्ध भएको स्पष्ट पारेका थिए । उनले मानिसले लडेको युद्धलाई के भन्ने भनेर शब्दकोष पल्टाएर हेर्न पनि आग्रह गरे । उनले जनयुद्ध जनतालाई सार्वभौम बनाउनको निम्ति र संविधानसभाबाट संविधान बनाउनको निम्ति लडेको उल्लेख गर्दै आफु हजार पटक आँखा जुधाएर वहश गर्न तयार रहेको बताए ।
उनले इतिहासलाई सम्मान गर्न पनि आग्रह गरे । उनले भट्टराईलाई धनगढीमा राजतन्त्र फर्काउन भनि नागरिक अभिनन्दन भइरहेको भन्दै त्यहाँ गएर बहस गर्न पनि आग्रह गरे । उनले नीति तथा कार्यक्रम गठबन्धन सरकारले देशको यथार्थ चित्रणको रुपमा आएकोले पारित गर्नुको विकल्प नभएको बताए । उनले निति तथा कार्यक्रम देशको अर्थ प्रणालीलाई जोगाउने गरी आएको बताए । निति तथा कार्यक्रम पारित हुने उनले बताए ।
एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट
काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...
लेखा समूहका ५०८ कर्मचारीको सरुवा (सूचीसहित)
काठमाडाैं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयले बिहीबार...
एनएसएलमा झापा र वीरगञ्जले बराबरी खेल्दै अंम बाँडे
काठमाडाैं । नेपाल सुपर लिग एनएसएलमा एफसी झापा र बिरगञ्ज युनाइटेड एफसीले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ...
माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिन्छ : अर्थमन्त्री महत
काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् । शुक्रबार...
त्रिभुवन विमानस्थलबाट बरामद सुन विशुद्ध भएको पुष्टि
काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद गरेकाे १४ किलो सुन परीक्षण गर्दा विशुद्ध रहेको पुष्टि भएको छ । भन्सार...
खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो
काठमाडौं : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् । केन्द्रीय...