नीति तथा कार्यक्रम अन्तरविरोध र कन्फ्युजनहरूको संगालो हो : सांसद यादव


काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमलाई कन्फ्युजनहरुको संगालोको संज्ञा दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सो नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले समस्याहरुको पहिचान गरी समाधानका उपायहरुसहितको नीति तथा कार्यक्रम आउनुपर्नेमा टालटुले पाराले आएको बताएका हुन् ।
उनले भने, ‘यो नीति तथा कार्यक्रम हेर्दा मलाई लाग्छ–यो अन्तरविरोधहरुको, कन्फ्युजनहरुको संगालो हो । हामी स्पष्ट हुनुपर्छ अव । आजको यथार्थ यो हो । समस्या यो हो । यसको उपचार यसरी हुन सक्छ । पोलिसीमा डिपाचर नगर्ने, भईरहेको कामलाई टालटुल पार्ने अनि नयाँ नेपाल बनाउछु भनेर गफ दिएर हुन्छ । त्यसैले आज विश्व अर्थ राजनीतिमा देखा परेको बदलाव नेपाली समाजमा देखा परेको आवश्यक्ता र बदलाव र हिजोसम्म हाम्रा जुन प्रकारका दर्शन, मान्यता र हाम्रो जीवन शैली छ । यो तीन वटाको बीचमा तारतम्य भएन भने हामी कहीँ पुग्दैनौं ।’
सांसद यादवले मुलुक कमजोर हुँदै जानुमा काँग्रेस, एमाले र माओवादी केन्द्र जिम्मेवार रहेको आरोप लगाएका थिए । उनले विश्व अर्थव्यवस्थामा आएको बदलावलाई आत्मसात गरेर सरकार अघि नबढने हो भने त्यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने बताए । सांसद यादवले ठूला दलहरु अव पनि नसच्चिए समाप्त भएर जाने चेतावनी समेत दिएका छन् ।
बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ
काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो
काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...
एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ । शनिबार दशरथ रंगशालामा...
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...
‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...
सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् । बुटवलमा...