गलत रिपोट दिएपछि अस्पताल प्रशासनविरुद्ध युवाहरूको प्रदर्शन

स्टार संवाददाता
स्टार संवाददाता

जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालले गलत रिपोर्ट दिएको भन्दै युवाहरूले विरोध प्रदर्शन गरेका छन् । उपचारकालागि पुगेकी एक गर्भवती महिलाको रगत जाँचपछि अस्पतालले गलत रिपोट बुझाएपछि अस्पताल प्रशासनबिरुद्ध टायर बालेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका ५ जना युवालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । प्रहरीले वीरेन्द्र यादव, अजित अन्सारी, सञ्जय साह, अनु राई न र समीर सिद्धिकीलाई सडकमै टायर बालेर प्रदर्शन गरेको भन्दै नियन्त्रणमा लिएको हो । धनुषाको शहीद नगर नगरपालिका वडा नम्बर २का अजय यादव श्रीमती शर्मिला देवीलाई जाँच कालागि प्रादेशिक अस्पताल लगेका थिए ।

गर्भवती रहेकी शर्मिलाको रगतको जाँचपछि अस्पताल प्रशासनले दिएको रिपोट गल रहेको उनको श्रीमान् अजयले आरोप लगाएका छन् । उनका अनुसार रगतमा हुने प्लेटलेट्सको जाँच चिकित्सकले गरेका थिए । तर रगत जाँचपछि दुई फरक फरक रिपोर्ट आएपछि युवाहरू अस्पताल प्रशासनविरुद्ध प्रदर्शनमा उत्रिएका थिए । स्वस्थ व्यक्तिको रगतमा प्लेटलेट्स डेढ लाखदेखि चार लाखसम्म हुन्छ ।

शनिबार शर्मिलाको रगतको जाँच गर्दा प्लेटलेट्स २२ हजार मात्रै रहेको रिपोर्टमा उल्लेख थियो । यो रिपोर्टमाथि शंका लागेर परिवारले आइतबार फेरि जाँच गराउँदा १० हजार मात्रै प्लेटलेट्स रिपोर्टले देखाए्रको अजयको आरोप छ । १० हजार मात्रै प्लेटलेटस देखिएपछि चिकित्सकले शर्मिलालाई उपचारकारलागि बाहिर तत्काल लैजान भनेका थिए ।

चिकित्सकले बाहिर लैजान भने पनि शर्मिलाको अवस्था सामान्य देखेपछि परिवारजनले अर्कै अस्पतालमा जाँच गराउँदा सामान्य रिपोर्ट आएको अजयले बताए ।

लुम्बिनीका ४ जिल्लामा सोमबार सार्वजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले छठ पर्व समापनको अवसरमा चार जिल्लामा सोमबारका लागि सार्वजनिक बिदा दिने भएको छ ।...

कोशी सरकारविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं । कोशी सरकारविरुद्ध परेको रिटको सुनुवाइ आजदेखि नियमित शुरु हुने भएको छ । प्रदेश सरकारको विश्वासको मत विरुद्ध...

उपसभामुख सिर्जना दनुवारको सञ्चालनमा कोशी प्रदेश सभा बैठक बस्दै

काठमाडौं । उपसभामुख सिर्जना दनुवारको सञ्चालनमा कोशी प्रदेशसभाको बैठक आज बस्ने भएको छ । निवर्तमान मुख्यमन्त्री कार्कीको विश्वासको मत...

कोशीमा सरकार गठनको लागि दिएको समय सकिँदै, सभामुखलाई राजीनामा गराएर सरकार बनाउने तयारी

काठमाडौं । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समय सीमा आज सकिँदै छ ।...

सरकार गठन नभएसम्मका लागि हिक्मत कार्कीले कोशी सरकारको नेतृत्व सम्हाल्ने

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीबाट पुनर्वहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुन: कार्यभार सम्हाल्ने भएका छन् । बिहीबार...

घट्यो बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा

काठमाडौं । बागमती प्रदेशले सार्वजनिक यातायातको भाडा घटाउने भएको छ । नेपाल आयल निगमले साउन १ गतेबाट इन्धनको मुल्यमा...

.