चलचित्र वेलकम टु हेम्जाकोट्को ट्रेलर सार्वजनिक

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौँ । जेठ‍ २६ मा देशव्यापी प्रदर्शन हुन लागेको चलचित्र वेलकम टु हेम्जाकोट्को ट्रेलर सार्वजनिक भएको छ ।

समसामयिक कथामा कमेडी मिश्रण गरिएको उक्त चलचित्रको ट्रेलरले वैदेशिक रोजगारी, बेरोजगारीले निम्त्याउने समस्या, अन्तर्जातिय प्रेममा आउने उतारचडाब लगायतका विषयवस्तु देखाएको छ ।

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानी रहेको यो चलचित्र निर्देशक सरोज पौडेलले लेखन तथा निर्देशन गरेका हुन् ।

चलचित्रमा बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामा, लगायतका कलाकारको अभिनय देख्न सकिन्छ। यो चलचित्र वरिष्ठ कलाकार लामाको अन्तिम चलचित्र हो ।

फिल्मलाई सुनिल मानन्धरले नेपाल भरका लागि वितरणको जिम्मा लिएका छन् भने विदेश राइट्स भ्वाइस अफ नेपालका संचालक राज सागरले किनेका हुन् ।

चलचित्र नेपालबाहेक जापान, अस्ट्रेलिया, अमेरिका र युरोपका केहि सहरमा पनि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

घुस लिँदै गरेको अवस्थामा सई पक्राउ

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउदलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डले परीक्षाको नतिजा बिहीबार सार्वजनिक...

काठमाडौं-तराई द्रुतमार्ग निर्माणमा ढिलाइ गर्ने अनुमति कसैलाई छैन : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं-तराई द्रुतमार्ग निर्माण योजना थप गरिएको समय भित्र सम्पन्न गर्न नेपाली सेनालाई...

एसियाली पारा खेलकुदमा पलेशालाई ऐतिहासिक कास्य

काठमाडौं । चीनको हाङझाउमा जारी चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा नेपाली खेलाडी पलेशा गोवर्द्धनले कास्य पदक जितेकी छन् ।...

कांग्रेस बिनाको सरकार कल्पना गर्न सकिंदैन : माधव नेपाल

काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा कांग्रेस बिनाको सरकार कल्पना गर्न नसकिने बताएका छन्...

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । बुधबार सुनको मुल्य बढेको छ । मंगलबार १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला...

.