बुढानीलकण्ठ कार दुर्घटनाका अभियुक्त मल्ललाई ४ वर्ष कैद, ४० हजार जरिवाना


काठमाडौं । बुढानीलकण्ठ कार दुर्घटनाका अभियुक्त पृथ्वी मल्ललाई उच्च अदालत पाटनले ४ वर्ष कैद सजाय सुनाएको छ । आइतबार न्यायाधीश राजेन्द्र खरेल र जगदिश घिमिरेको संयुक्त इजलासले उनलाई ४ वर्ष कैद र ४० हजार जरिवानाको सजाय सुनाएको रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।
तीन वर्षअघि पृथ्वी मल्लले मदिरा सेवन गरेर चलाएको कारको ठक्करबाट बुढानिलकण्ठमा मर्निङवाकमा निस्किएकी लीला देवकोटाको मृत्यु भएको थियो । यो मुद्दामा सरकारी वकिल कार्यालयले उनलाई १० वर्ष कैद र एक लाख जरिवानाको माग गरेको थियो ।
जिल्ला अदालत काठमाडौंले पृथ्वीलाई दोषी ठहर गरेपनि ६ महिना कैद र एक हजार रुपैयाँमात्रै जरिवाना गरेको थियो । फैसलामा कम कैद र जरिवाना भएको भन्दै सरकारी वकिल कार्यालय उच्च अदालतमा पुनरावेदन गरेको थियो ।
२७ मंसिर २०७६ मा भएको दुर्घटनापछि पक्राउ परेका मल्ललाई थुनछेकका क्रममा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर सर्वोच्च अदालतमा न्यायाधीश सपना प्रधान मल्लको इजलासले मल्ललाई मानसिक समस्या देखिएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।
बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ
काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो
काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...
एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ । शनिबार दशरथ रंगशालामा...
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...
‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...
सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् । बुटवलमा...