टिआरसीसँग सम्बन्धित विधेयक चालु अधिवेशनबाटै पारित हुन्छ : रमेश लेखक

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चालु अधिवेशनबाट नै संसदबाट पास गर्ने बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित १४ औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बेपत्ता पारिएका व्यक्तिहरुको सवाल, सत्यनिरुपणको सवाल, मेलमिलापको सवाल लगायतका संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय र विधेयक चाँडो भन्दा चाँडा निस्कर्षमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे । उनले चाल अधिवेशनबाट नै यससँग सम्बन्धित विषयहरु सधैँका लागि निस्कर्षमा पु¥याइने बताए ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बारेमा कानून तथा मानवअधिकार समितिले बनाएको ११ सदस्यीय उपसमितिमा छलफल शुरु हुने प्रमुख सचेतक लेखकको भनाइ छ । उनले भने, ‘अहिले यो विधेयक संसदमा दर्ता भएको छ । संसदबाट हामीले समितिमा पठाएका छौँ । समितिबाट पनि उपसमिति बनाएर छलफलका लागि पठाइसकेका छौँ । यो विधेयकलाई हामीले ११ सदस्यीय उपसमिति बनाएर पनि पठाइसकेका छौँ । हामी भोलिबाट नै यो विधेयकमा छलफल गर्नेछौँ । बेपत्ता पारिएका व्यक्तिहरुको सवाल, सत्यनिरुपणको सवाल, मेलमिलापको सवाल लगायतका जतिपनि संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय र यो विधेयक छन्, चाँडो भन्दा चाँडो, हामी त्यसलार्ई टुंगोमा पुयाउनेछौँ । जहाँसम्म मलाई लाग्छ, हामी यही अधिवेशनबाट यो विधेयक पास गरी यो विषय हामी सधैँका लागि राम्रोसँग सम्पादन गरी निस्कर्षमा पु¥याउनेछौँ ।’

प्रमुख सचेतक लेखकले सबै राजनीतिक दलहरु मिलेर देशको विकास गर्नुपर्ने बताउनु भयो ।

बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ

काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा  एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...

गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो

काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...

एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ ।   शनिबार दशरथ रंगशालामा...

गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...

‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...

सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् ।   बुटवलमा...

.