मदन फाउण्डेसनमा बाल यौन दुर्व्यवहार घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । खोटाङको दिक्तेलस्थित रूपाकोट मजुवागढी नगरपालिका–२ मा रहेको मदन (शुभम्) फाउण्डेसनमा भएको बाल यौन दुर्व्यवहार घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।

आइतबार काठमाडौंमा अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो । सार्वजनिक अध्ययन प्रतिवेदनमा आफूलाई कृषि विज्ञ भन्ने मदन राईले आफू र आफ्नो श्रीमतीको नामबाट स्थापना गरेको सुभद्रा मदन फाउण्डेसनमार्फत सञ्चालन गरेको विद्यालयमा अध्ययनरत छात्राहरूलाई दुर्व्यवहार गरेको उल्लेख छ। छात्राहरूका अगाडि निर्वस्त्र भई अश्लील शब्द प्रयोग गर्ने, निर्वस्त्र भई मालिस गर्न लगाउने, उनीहरूको संवेदनशील अंगमा हात हाल्ने र शारीरिक सम्पर्कका लागि आग्रह गर्ने गरेको पाइएको अध्ययनमा उल्लेख छ ।

स्थलगत अध्ययन समितिको प्रतिवेदनबारे जानकारी दिँदै बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष राजेश शर्माले विद्यालयको प्रार्थना वा अन्य कुनै समयमा पनि बालबालिकाको अगाडि निर्वस्त्र हुने, बालबालिकालाई लहरै राखेर यौनजन्य गतिविधि गर्ने/गर्न लगाउने गरेको पाइएको बताए । उनले शहरी शिक्षाका लागि भन्दै ललितपुरस्थित आफ्नै घरमा लगेर समेत किशोरीहरूमाथि दुर्व्यवहार गर्ने गरेको पाइएको बताए । अध्ययन समितिले विद्यालय हाताभित्रै होमस्टे, क्याफे सञ्चालन गरेको पाइएको र कर्मचारीको रूपमा बालबालिका र किशोरीलाई काम लगाउने गरेको पाइएको बताएको छ ।

त्यस्तै मदन राईलाई पक्राउ गरेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य राईले बालबालिकालाई त्यहाँका गतिविधि नभन्न दबाब र धम्की दिएको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । साथै अध्यक्ष राईमाथि समेत यौन दुर्व्यवहारको आरोप लागेको तर जाहेरी दर्ता नभएको कारण मुद्दा दर्ता प्रक्रिया अघि नबढेको अध्यक्ष शर्माले बताए । विद्यालयभित्र जोसुकैले पनि प्रवेश गर्न पाउने भएकाले बालबालिका थप जोखिममा रहेको निष्कर्ष निकालेको छ । त्यस्तै विद्यालयले सञ्चालन गरेको आवास गृह कतै पनि दर्ता नगरेको पाइएको अध्यक्ष शर्माले बताए ।

अध्ययन समितिले पीीडत बालबालिकाको तत्काल उद्धार गर्न, आवास गृहमा भएका कानून विपरितका कार्यलाई अनुसन्धानको दायरामा ल्याउन, विद्यालयमा बाल संरक्षण संयन्त्र निर्माण गर्न आवश्यक रहेको औँल्याएको छ । राईले सञ्चालन गरेको विद्यालयमा अहिले पनि १०१ जना बालबालिका रहेको बताइएको छ । प्रहरीले मदन राईलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

एमाले अध्यक्ष ओलीद्वारा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् ।   ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्राका...

सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?

काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...

सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु

काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...

हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...

एनएसएल : आज काठमाडौं र झापाबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको खेलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।...

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै,यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने भएको छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बस्ने भएकाे हाे...

.