बेरुजु लेखापरीक्षकले निकाल्ने काम हो भन्ने रुपमा मात्रै हेर्न थालियोः महालेखापरीक्षक शर्मा


काठमाडौं । महालेखापरीक्षक टंकमणि शर्मा दंगालले बेरुजु लेखापरीक्षकले निकाल्ने काम हो भन्ने रुपमा मात्रै लिन थालिएको बताएका छन् ।
आईतवार बसेको लेखा समितिको बैठकमा बोल्दै महालेखापरीक्षक शर्माले पछिल्लो समय कुनैपनि निकायले बेरुजु फस्र्यौट गर्नुपर्छ भन्ने भन्दा पनि लेखापरीक्षकको काम भएको भन्ने रुपमा लिन लागिएको भन्दै गुनासो गरेका हुन् । उनले लेखापरीक्षकको कार्यालयले देखाएको बेरुजुका विषयमा आगामी दिनमा बेरुजु हुन नदिने भन्दा पनि बेरुजु फस्र्यौटको विषयलाई प्राथमिकतामा लिन छोडिएको बताए । उनले बेरुजु फस्र्यौटको वैज्ञानिक उपाय एक वर्षमा उठेको बेरुजु त्यही वर्षमा खर्च गर्नु रहेको बताए ।
उनले एकै वर्षमा फस्र्यौट नभए पनि अर्को वर्ष लेखापरीक्षण गर्दा खर्च भएको हुनुपर्ने बताए । महालेखापरीक्षक शर्माले जनप्रतिनिधिहरुलाई बद्नाम गर्ने गरी बेरुजु देखाउन लेखापरीक्षकहरुलाई नैतिक,वैधाननिक र व्यवहारिक रुपमा पनि नदिने बताए । उनले लेखापरीक्षकहरुले अहिलेसम्म त्यस्तो काम नगरेको बताए । उनले जिम्मेवार व्यक्तिले मेरो लेखापरीक्षकले यस्तो ग¥यो भनेर राजनीतिक तहले बढवा दिने भन्दा पनि त्यस्तो कामको निषेध गर्न आवश्यक रहेको बताए ।
उनले भने,‘जनताको जनमतबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरु बद्मास हुन्छन् भनेर लेखापरीक्षकले पछाडि दिमागमा राख्ने काम गर्दैन । नैतिक, वैधाननिक र व्यवहारिक रुपमा नहुनुपर्ने हो । स्थानीय तहमा गएर मेरो लेखापरीक्षकले यस्तो ग¥यो भनेर राजनीतिक तहले बढवा दिनु हुनुहुँदैन । त्यो निषेध गर्ने हो । त्यस्तो छ भने सम्बन्धित स्थानमा भन्नुपर्छ । बेरुजु फस्र्यौटको वैज्ञानिक उपाए भनेको मुलुकको कानून अनुसार एक वर्षमा उठेको बेरुजु त्यही वर्षमा खर्च गर्नुपर्छ भनेको छ । होइन भने अर्को वर्ष परीक्षण गर्दा खर्च भएको हुनुपर्छ । बेरुजु फस्र्यौट गर्ने विषय प्राथमिकता पर्दैन । अहिले बेरुजु भनेको अडिटरले निकाल्ने काम मात्रै हो । भनेको जस्तो भएको छ । राजनीतिक नियुक्तका विषयमा तुलना गरौं । बेरुजु बढी राख्ने,अनियमितता गर्ने र आर्थिक हिनामिना गर्नेहरुलाई कारबाही गरौं । सबैभन्दा बढी सार्वजनिक निकायहरुमा राजनीतिक नियुक्त हुने गरेको छ । त्यस्तोमा नियुक्त गर्दा विगतका कार्यसम्पादनको आधारमा नियुक्त गर्नुपर्छ ।’
उनले सार्वजनिक संस्थानहरुमा राजनीतिक नियुक्तहरु गर्दा विगतको कार्यसम्पादन हेरेर गर्न आवश्यक रहेको बताए । उनले राजनीतिक नियुक्तहरुमा तुलना गरेर बेरुजु बढी राख्ने र आर्थिक हिनामिना गर्नेहरुलाई कारबाही गर्न आवश्यक रहेको पनि बताए ।
विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण
काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय...
७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार
काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...
मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । मध्य...
क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् । क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...
कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी
काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् । आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...