प्रधानमन्त्रीलाई ओलीको प्रश्न : कालापानीबारे सरकारको नीति तथा कार्यक्रममा केही पनि बोलिएको छैन ?


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे सरकारको नीति तथा कार्यक्रममा केही उल्लेख नगरिएको भन्दै आपत्ति जनाएका छन् ।
आईतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले कालापानी क्षेत्रमा भारतले नयाँ संरचना बनाईरहेको कुरा आईरहेको उल्लेख गर्दै त्यसको यथार्थबारे सदनलाई तत्काल जानकारी गराउन पनि प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरेका हुन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिमेकीको सम्बन्धलाई कसरी लिनुभएको छ ? राष्ट्रिय हितका इस्युहरु खुलस्त राख्नुभएको छ कि छैन ? समस्याका कारणहरु र समाधानका विषयमा सम्वाद गर्नुभएको छ कि छैन ? समस्या छन् भन्ने राख्नुभएको छ कि छैन ? भनेर समेत प्रश्न गरेका छन् ।
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई फेरि प्रश्न गरे, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको अवस्था के छ ? सीमा सुरक्षित नै छ ?’ हालै मात्र आफूले हाम्रो भूगोल खुम्चियो भन्दा एउटा टेलिभिजनले ‘जे पायो त्यही बोलेर हिँड्ने केपी ओलीलाई किन जेल हाल्दैन’ भनेको भन्दै उनले सरकार पनि यस्तो हो कि भनेर प्रश्न गरेका छन् ।
कालापानी क्षेत्रमा नयाँ संरचना बनेको विषय बाहिर आएको भन्दै एमाले अध्यक्ष ओलीले यसबारे संसदलाई यथार्थ जानकारी गराउन समेत माग गरेका छन् । उनले विदेश सम्बन्धलाई व्यक्तिगत अभीष्टमा सञ्चालन गर्ने प्रयास भइरहेको आरोप समेत लगाएका छन् । परराष्ट्र सम्बन्ध सञ्चालनमा सरकार हतास देखिएको भन्दै ओलीले भने, ‘पियानो बजाउन दुबै हातका दश औंलाको चाल र गति आवश्यक पर्छ र मिल्न पर्छ । तर दशै औलाले एक पटक पियानो थिच्यो भने त्यो कर्कस ध्वनि मात्र पैदा हुन्छ, संगीत पैदा गर्दैन । अहिले सरकारले एकै पटक दश औंला थिचे जस्तो विभत्स आवाज मात्र आएको छ ।’
यसले छिमेक मित्र र विश्व समुदायलाई कूटनीतिक अपरिपक्ताको परिचय दिएको भन्दै ओलीले यो नेपाल र नेपाली परिचय किमार्थ हुन नसक्ने समेत बताएका छन् ।
विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण
काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय...
७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार
काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...
मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । मध्य...
क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् । क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...
कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी
काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् । आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...