यी चार प्रदेशमा चट्याङसहित हल्का वर्षाकाे सम्भावना


काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनु साथै कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना हुनाले त्यसबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा मधेश प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ।
राती देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
लेखा समूहका ५०८ कर्मचारीको सरुवा (सूचीसहित)
काठमाडाैं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयले बिहीबार...
त्रिभुवन विमानस्थलबाट बरामद सुन विशुद्ध भएको पुष्टि
काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद गरेकाे १४ किलो सुन परीक्षण गर्दा विशुद्ध रहेको पुष्टि भएको छ । भन्सार...
महिलाविरुद्धका हिंसा रोक्न सचेतना कार्यक्रम व्यापक बनाउनुपर्छ : मन्त्री आर्चाय
काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाविरुद्धका हिंसा उन्मूलन गर्न देशभर सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने बताएका...
विपिन जोशीको रिहाइबारे परराष्ट्रमन्त्री साउदले गरे इजरायली विदेशमन्त्रीसँग टेलिफोनवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोनवार्ता गरेका छन् । प्यालेस्टिनी विद्रोही समूह हमासकाे नियन्त्रणमा रहेका...
एनसेलको शेयर खरिद-बिक्री विवादबारे छानबिन गर्ने कार्य आजैदेखि शुरु हुने
काठमाडाैं । एनसेलको शेयर खरिद-बिक्री विवादबारे छानबिन गर्ने कार्य आजैदेखि शुरु हुने भएको छ । सरकारले छानबिन गर्न गठन...
भारतले नेपालका भूकम्पपीडितलाई २० मेट्रिक टन चामल सहयोग गर्ने
काठकाडौं । भारत सरकारले नेपालका भूकम्पपीडितका लागि अनुदान स्वरुप २० मेट्रिक टन चामल सहयोग गर्ने भएको छ । ...