अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउनुपर्छ : राना


काठमाडौं । उपसभामुख इन्दिरा रानाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउन तथा त्यस्ता मञ्चमा प्रस्तुत हुने काजगात व्यवस्थित गर्न सुझाव दिएकी छन् ।
विश्व व्यापार संगठन र सिंगापुरस्थित एस राजारत्नम अन्तर्राष्ट्रिय मामिला अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्यशालामा भाग लिएर स्वदेश फर्किएपछि सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सञ्चारकर्मीसँगको छलफलका क्रममा उपसभामुख रानाले यस्तो सुझाव दिएकी हुन् ।
विकासोन्मुख देशका युवालाई मुलुकको अर्थतन्त्रबारे बुझाउन आवश्यक रहेको उल्लेख गर्दै उनले गुणस्तरीय पूर्वाधार, पारदर्शीता र समानताका मुद्दामा एकअर्का देशको अनुभव आदान-प्रदान गर्न त्यस्ता मञ्च महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।
कार्यशालामा खासगरी एशिया प्रशान्त तटीय क्षेत्रका माछा उत्पादन र निर्यात गर्ने मुलुकका उपसभामुख तथा संसद् सदस्यको बाहुल्यता रहेको उक्त कार्यशाला राजनीतिक अस्थिरता र भ्रष्टाचार भएको मुलुकलाई अवसर प्रदान गर्ने मामिलामा अड्चन रहेको आफूले अनुभव गरेको उपसभामुख रानाले बताइन् ।
रानाले जलवायु परिवर्तनबाट नेपालका हिमाली क्षेत्रमा परेको असर, वातावरण संरक्षण, कार्बन उत्सर्जनलगायतका विषयवस्तु उठाएको जानकारी दिइन् ।
यही ज्येष्ठ १ देखि ३ गतेसम्म आयोजित कार्यशालामा उपसभामुख राना सहभागी भएकी थिइन् ।
सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?
काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...
सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु
काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...
हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...
एनएसएल : आज काठमाडौं र झापाबीच प्रतिस्पर्धा
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको खेलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।...
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै,यस्ता छन् एजेण्डा
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने भएको छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बस्ने भएकाे हाे...
राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनले साझा उम्मेदवार उठाउने
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त हुने एक तिहाइ सदस्य पदका लागि आगामी माघ ११ गते गर्ने निर्वाचनमा सत्ता...