‘युक्रेन संकट समाधानका लागि भारतले ‘सक्दो प्रयास’ गर्छ’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र  राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता भएकाे छ । शनिबार भएकाे भेटमा मोदीले युक्रेन संकट समाधानका लागि भारतको ‘सक्दो प्रयास’ रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जापानको हिरोशिमामा भएको आर्थिकरुपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी-सेभेन) शिखर सम्मेलन मोदीले भने, ‘म तपाईँको पीडा र युक्रेनी नागरिकको पीडा राम्ररी बुझेको छु । समस्यालाई समाधान गर्न भारत र व्यक्तिगत रूपमा म जे गर्न सक्छौं त्यो गर्नेछौँ ।’ १५ महिनाअघि रूसले आक्रमण सुरु गरेयता दुई नेताको पहिलो व्यक्तिगत भेटघाट हो ।

जेलेन्स्कीको टेलिग्राम अकाउन्टमार्फत् एक पोस्टमा भनिएको छ, ‘उहाँले हाम्रो देशको क्षेत्रीय अखण्डता र सार्वभौमिकतालाई समर्थन गरेकोमा भारतलाई धन्यवाद दिनुभएको छ ।’

जेलेन्स्कीले युद्धग्रस्त देशलाई मानवीय सहायता प्रदान गरेकोमा मोदीलाई धन्यवाद दिँदै युक्रेनले अघि सारेको ‘शान्ति सूत्र’ पहलको कार्यान्वयनमा सामेल हुन भारतलाई आमन्त्रण गरेका छन् ।

युक्रेनलाई अत्याधुनिक लडाकू विमान खरिदका लागि अमेरिकी स्वीकृति प्राप्त गरेपछि जेलेन्स्की शनिबार अपराह्न हिरोशिमा पुगेका थिए । उनले जी-सेभेन साथै आमन्त्रित प्रमुख विकसित प्रजातान्त्रिक मुलुकका नेताहरू सम्मेलनमा सहभागी हुन हिरोसिमा पुगेका छन् ।

मोदीले रूसको आक्रमणपछि भारतीय विद्यार्थीलाई प्रदान गरिएको सहयोगका लागि जेलेन्स्कीलाई धन्यवाद दिएका थिए ।

युक्रेनी नेताले यसअघि इटालियन प्रधानमन्त्री जियोर्जिया मेलोनी र बेलायतका ऋषि सुनकसँग पनि वार्ता गरे । उनले सुनकसँग केही दिनअघि युरोपेली मित्रराष्ट्रहरूको भ्रमणका क्रममा भेटवार्ता गरेका हुन् ।

विश्वकपको सुपर एटमा आज दक्षिण अफ्रिका र अमेरिकाबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आजदेखि सुपर आठका खेल शुरु हुँदै छन् ।   सुपर आठको पहिलो...

रुसी राष्ट्रपति पुटिन उत्तर कोरिया जाँदै

काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज उत्तर कोरियाको भ्रमणमा जाँदै छन् । युक्रेनविरुद्धको युद्धमा सैन्य सामग्री जुटाउनका लागि...

अफगानिस्तानलाई पराजित गर्दै वेस्ट इन्डिज समूह विजेता

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजसँग अफगानिस्तान पराजित भएको छ । आज भएको खेलमा वेस्ट इन्डिजसँग फगानिस्तान...

टी-२० विश्वकप : वेष्ट इन्डिजले बनायो पावर प्लेमा ९२ रन

काठमाडौं । टी-२० विश्वकपमा वेस्ट इन्डिजले  पावर प्लेमा सर्वाधिक रन जोड्ने विश्व कीर्तिमान बनाएको छ । घरेलु मैदान ग्रोस...

अस्ट्रियालाई पराजित गर्दै फ्रान्सको विजयी सुरुवात

काठमाडौं । फ्रान्सले युरो कप फुटबल २०२४ मा विजयी सुरुवात गरेको छ ।   जर्मनीमा जारी युरोको समूह डी...

विश्वकपमा न्युजिल्यान्डका फर्ग्युसनले बनाए दुर्लभ कीर्तिमान

काठमाडौं । टी-२० विश्वकपबाट बाहिरिसकेको न्युजिल्यान्डका बलर लोकी फर्ग्युसनले बलिङतर्फ दुर्लभ कीर्तिमान बनाएका छन् ।   विश्वकपको आफ्नो अन्तिम...

.