‘तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक छ’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच हुने सहकार्य सहअस्तित्व र साझेदारीले संघीयता कार्यान्वयनमा महत्वपूर्ण योगदान गर्ने मन्त्री मोदीको विश्वास छ ।

उनले भने, ‘संघीयता कार्यान्वयनमा सरकार गम्भीर भएर लागेको छ, संविधानको मर्म र भावनाअनुसार तीनै तहको सहअस्तित्व, समन्वय र सहकार्यको भावना विकास गर्दै जनतालाई सुविधा दिनुपर्छ ।’

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत मन्त्रालयले आयोजना गरेको कार्यशालामा उनले मुलुक संघीयता कार्यान्वयनको सुरुआती चरणमा रहेको र यसलाई सफल बनाउन सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

प्रदेश र स्थानीय जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालामा संघीयतासम्बन्धी विविध कार्यक्रम, सुशासन तथा वित्तीय विकेन्द्रीकरणलगायत शासन र सुशासनसम्बन्धी मुद्दाहरूमा केन्द्रित रहने गरी प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सञ्चालन गरिरहेको र यो कार्यक्रम संघीयता कार्यान्वयनमा प्रभावकारी देखिएको उनको भनाइ छ ।

एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट

काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...

लेखा समूहका ५०८ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडाैं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ ।   महालेखा नियन्त्रक कार्यालयले बिहीबार...

एनएसएलमा झापा र वीरगञ्जले बराबरी खेल्दै अंम बाँडे

काठमाडाैं । नेपाल सुपर लिग एनएसएलमा एफसी झापा र बिरगञ्ज युनाइटेड एफसीले बराबरी खेलेका छन् ।   त्रिपुरेश्वरस्थित दशरथ...

माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिन्छ : अर्थमन्त्री महत

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् ।   शुक्रबार...

त्रिभुवन विमानस्थलबाट बरामद सुन विशुद्ध भएको पुष्टि

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद गरेकाे १४ किलो सुन परीक्षण गर्दा विशुद्ध रहेको पुष्टि भएको छ ।   भन्सार...

खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो

काठमाडौं  : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् ।   केन्द्रीय...

.