सुदूरपश्चिममा मन्त्रिपरिषद विस्तार, कांग्रेस १ र माओवादीबाट २ मन्त्रीसहित १ राज्यमन्त्रीले लिए शपथ


काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियूक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार नियुक्त गरेका मन्त्री तथा राज्यमन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
प्रदेशको सामाजिक विकास मन्त्रीमा नेकपा माओवादी केन्द्रका झपटबहादुर साउँद, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा रमेश धामी र राज्यमन्त्रीमा गितादेवी माललाई र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहलाई नियुक्त गरेका थिए ।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिए पनि कार्यभार भने आइतबारदेखि सम्हाल्ने छन्।
बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ
काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो
काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...
एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ । शनिबार दशरथ रंगशालामा...
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...
‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...
सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् । बुटवलमा...