भ्रष्टाचारको अन्त्य नै अहिले पहिलो प्राथमिकता हुनुपर्छ : अध्यक्ष नेपाल

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं। नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको राष्ट्रिय समस्याको रुपमा रहेको भ्रष्टाचारको अन्त्य गर्नु पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् ।

देशैभरी अहिले समस्याको रुपमा रहेको भ्रष्टाचारको अन्त्य नभएसम्म देशलाई विकासतर्फ डोर्याउन कठिन हुने भएकाले यो राष्ट्रिय समस्या समाधान हुनु आवश्यक रहेको बताए ।

जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले सरकार मुलुकमा सुशासन कायम गर्नका लागि कदमहरु उठाईरहेको बताए । उनले भने, ‘यो राम्रो विषय हो, सरकारले ल्याएको निति तथा कार्यक्रममा देश र जनताको समस्या समाधानका उपाय खोज्ने गरी ल्याइएको छ।’

एक अर्को प्रसंगमा नेपालले रेशम चौधरीलाई रिहाईका लागि सबै लागि परेको पनि बताए । सर्वोच्च अदालतले उनलाई दोषी सावित गरिसकेको छ, हामी त्यसबाहेकका विकल्पको खोजीमा छौँ, उनले भने ‘अदालतले उनलाई निर्दोष सावित गर्ला भन्ने सोचेका थियौँ तर त्यस्तो भएन।’ रेशमजी टिकापुर घटनामा सहभागी पनि हुनु हुन्न थियो त्यसैले उनको रिहाई हुनु पर्छ ।’

मधेस सरकारमा वर्तमान नेतृत्वलाई नै निरन्तरता दिनेगरी सहमति भएको जानकारी गराउँदै नेपालले गठबन्धनको मर्मअनुरुप सहभागी दलहरुलाई सहभागी गराउने जिम्मा मुख्यमन्त्रीलाई नै दिइएको बताए ।

एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट

काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...

लेखा समूहका ५०८ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडाैं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ ।   महालेखा नियन्त्रक कार्यालयले बिहीबार...

एनएसएलमा झापा र वीरगञ्जले बराबरी खेल्दै अंम बाँडे

काठमाडाैं । नेपाल सुपर लिग एनएसएलमा एफसी झापा र बिरगञ्ज युनाइटेड एफसीले बराबरी खेलेका छन् ।   त्रिपुरेश्वरस्थित दशरथ...

माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिन्छ : अर्थमन्त्री महत

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् ।   शुक्रबार...

त्रिभुवन विमानस्थलबाट बरामद सुन विशुद्ध भएको पुष्टि

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद गरेकाे १४ किलो सुन परीक्षण गर्दा विशुद्ध रहेको पुष्टि भएको छ ।   भन्सार...

खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो

काठमाडौं  : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् ।   केन्द्रीय...

.