विद्यालय तहको पाठ्यक्रममा पुनरवलोकन गरिने


काठमाडौं । सरकारले विद्यालय तहको पाठ्यक्रममा समसामयिक पुनरावलोकन गरिने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई निरन्तरता दिने र विद्यालयमा बालबालिकालाई ल्याउने, सिकाउने र टिकाउने कार्यक्रमलाई अभियानकैरुपमा सञ्चालन गर्ने उल्लेख गरिएको हाे ।
‘आधारभूत तहमा गुणस्तरीय शिक्षामा पहुँच वृद्धि गरिने छ। दलित, अल्पसंख्यक, लोपोन्मुख, पछाडि पारिएको क्षेत्र, दुर्गम तथा हिमाली क्षेत्र र आर्थिकरूपले विपन्न तथा अपांगता भएका बालबालिकालाई विशेष कार्यक्रम सञ्चालन गरिने छ। शिक्षा क्षेत्रका सबै छात्रवृत्ति एकद्वार प्रणालीमार्फत् लागु गरिने छ। विपन्न लक्षितलाई विस्तार गरिने छ’, राष्ट्रपति पौडेलले बताए ।
सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको सेवासुविधाको विषयलाई सम्बोधन गर्ने, शिक्षण पेसालाई मर्यादित बनाउन शिक्षक दरबन्दी थप गरिने र सामुदायिक विद्यालयमा विषयगत शिक्षकको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रमा सूचना प्रविधि प्रयोगलाई विस्तार गर्ने, शैक्षिक गुणस्तर वृद्धि गर्दै शिक्षालाई सबैको पहुँच स्थापित गर्ने, विद्यालयमा बालबालिकालाई सिकाउने र टिकाउने, विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।
यस्तै सङ्घीय शिक्षा ऐन जारी गर्ने, चिकित्सा शिक्षालाई एकीकृतरूपमा विस्तार गर्न छाता ऐन यसै संसद्मा प्रस्तुत गर्ने, उच्च शिक्षातर्फ पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्ने, हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्थालगायतका विषय सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ
काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो
काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...
एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ । शनिबार दशरथ रंगशालामा...
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...
‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...
सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् । बुटवलमा...