छैटौं नेपाल-अमेरिका ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रिमेण्टको बैठक सुरु


काठमाडौं । छैटौं नेपाल र अमेरिका ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रिमेण्ट टिफा काउन्सिल मिटिङ शुरु भएको छ । बैठक आजबाट काठमाडौंको एक होटलमा शुरु भएको हो ।
बैठकले अमेरिका र नेपालबीच लामो सम्बन्धलाई थप प्रगाढ बनाउँदै यही द्विपक्षिय सम्बन्धलाई लगानीमा पनि थप बिस्तार गर्ने योजना बनाएको छ । बैठकका बारेमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले अमेरिका र नेपालबीचको द्विपक्षिय सम्बन्धलाई लगानीको रुपमा रपान्तरण र व्यापारिक सम्बन्ध साझेदारीको रुपमा रुपान्तरण गर्न बैठक बसेको बताए ।
उनले बैठकका लागि १८ सदस्यीय टोली नेपाल आएको पनि बताए । उनले नेपाल र अमेरिकाबीच व्यापार र लगानीलाई कसरी प्रवद्र्धन गर्ने बैठकको लक्ष्य रहेको बताए । उनले बैठक जतिसक्दो नेपालमा अमेरिकी लगानी बढाउने कुरामा केन्द्रित रहने बताए । उनले बैठक सम्भावना र समस्याको खोजि गर्ने माध्यम बनेको बताउँदै यसले व्यापारका क्षेत्रहरु पहिचान गर्ने र नेपालबाट अमेरिका निकासीका वस्तुहरुका बारेमा पनि छलफल गर्ने बताए । सचिव मरासिनीले अमेरिकाबाट नेपालले दिगो विकासका हिसावले लगानी भित्र्याउन खोजेको बताए ।
बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ
काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो
काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...
एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ । शनिबार दशरथ रंगशालामा...
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...
‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...
सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् । बुटवलमा...